नीता भल्ला, मोम्बासा, केन्या
ब्युटिसियनको काम गरिरहेकी शीलालाई जब केन्याको एउटा नाइट क्लबमा शास्त्रीय नृत्याङ्गनाका लागि काम गर्ने अफर आयो, उनले तुरुन्तै काम छोड्न तयार भइन्।
२३ वर्षीया गाउँले शीलाका लागि अफ्रिकी मुलुक केन्याका बारेमा रत्तिभर थाहा थिएन, कुन दिशामा पर्छ भन्ने पनि उनलाई भेउ थिएन। न त यसअघि उनलाई कुनै नृत्यको अनुभव नै थियो। योसँगै अन्य केही कुरा थिए, जस्तो कि उनले मालिकका बारेमा कुनै जानकारी पाएकी थिइनन्, न त भेटेकै थिइन्। उनले काम पाएको ठाउँमा काम गर्ने सम्झौतापत्रसमेत उनले पाएकी थिइनन्।
वृद्ध भइसकेका उनको मातापिताको दीर्घरोगका लागि उपचार त छँदैथियो, उनको भाइ भर्खरै मोटरसाइकल दुर्घटनाका कारण थलिएको थियो। यस्तो अवस्थामा महिनाकै ६० हजार तलब पाउने, खाना, बस्न र यात्राको सबै खर्च रोजगारदाताले नै व्यहोर्ने भएपछि शीलाले अन्य कुरा सोच्नै भ्याइनन्।
‘तर जे सोचेकी थिएँ, त्यो चाहिँ भएन,’ शीलाले भनिन्। शीलासँगै अन्य ११ जना अन्य नेपाली युवती पनि केन्याको सामुद्रिक किनारमा रहेको शहर मोम्बासाको एउटा नाइट क्लबबाट गएको अप्रिल महिनामा उद्धार गरिइन्। उनी त्यहाँ जे जस्तो सोचेकी थिइन्, त्यो भने हुन सकेन।
‘हाम्रो जिन्दगी त पूरै बन्दीको जस्तो बन्न पुग्यो,’ उनले प्रहरीसमक्ष बताइन्, ‘राति ९ बजेदेखि ४ बजेसम्म पुरुष ग्राहकका लागि हामीले सेवामा बिताउँथ्यौँ, त्यसबाहेक हामीलाई कतै जान दिइँदैनथ्यो। सुरक्षाका लागि भनेर हामीलाई फोन पनि दिइएको थिएन, पासपोर्ट खोसिएको थियो। हामी जता गए पनि ड्राइभर साथमा हुन्थ्यो। काममा बाहेक फ्ल्याटबाट निस्कन पनि पाइँदैनथ्यो। हामी त दासजस्तो जीवन बिताउन पुग्यौँ।’
यतिबेला केन्यामा बलिउड शैलीका चाँदनी बारमा नृत्य वा ग्राहक सेवाका लागि भारत, नेपाल, पाकिस्तान लगायतका अन्य दक्षिण एसियाली मुलुकबाट युवतीहरु ल्याइने गरेको छ र यो संख्या आश्चर्यजनक तरिकाले ह्वात्तै बढिरहेको छ। अधिकांश त केन्याको ‘वयस्क मनोरञ्जन उद्योग’का लागि गैरकानुनी रुपमा ल्याइने गरेको छ।
आफ्नो पूरा वा वास्तविक नाम बताउन नचाहने शीला यतिबेला मोम्बासाको सान्जु क्षेत्रको सेफ हाउसमा राखिएको छ।
यतिबेला केन्यामा बलिउड शैलीका चाँदनी बारमा नृत्य वा ग्राहक सेवाका लागि भारत, नेपाल, पाकिस्तान लगायतका अन्य दक्षिण एसियाली मुलुकबाट युवतीहरु ल्याइने गरेको छ र यो संख्या आश्चर्यजनक तरिकाले ह्वात्तै बढिरहेको छ। अधिकांश त केन्याको ‘वयस्क मनोरञ्जन उद्योग’का लागि गैरकानुनी रुपमा ल्याइने गरेको छ। जुन केन्याली प्रहरी तथा मानव तस्करविरुद्धको अभियानकर्मीको सहयोगमा सञ्चालित अभियानका कारण पक्राउ परेका हुन्।
पछिल्लो समय छापा मार्दा खुलेको रहस्य हो, दक्षिण एसियाली मुलुकबाट ठूलो संख्यामा कम उमेरका युवतीहरुलाई केन्या ल्याइँदैछ। हुन त कति संख्यामा ती यहाँ ल्याइएका छन्, त्यसबारे आधिकारिक तथ्याङ्क सार्वजनिक भइसकेको छैन तर संख्या बढिरहेको प्रहरी र मानव अधिकारवादीहरुको धारणा छ।
सन् २०१६/१७ को तथ्याङ्कअनुसार नेपाल मानव अधिकार आयोगले ४३ जना युवतीहरुलाई केन्याली ‘चाँदनीबार’बाट फिर्ता ल्याइएको बताएको छ। त्यसअघि कति महिलालाई तस्करहरुले त्यहाँ पु-याएका थिए भन्नेबारे आयोगसँग कुनै तथ्याङ्क छैन।
तर पछिल्लो समय युवतीहरुलाई तस्करहरुले केन्यासम्म पु-याएको र संख्या लगातार बढिरहेकोमा भने सरकारी अधिकारीहरु चिन्तित देखिएका छन्। गएको अप्रिलमा मोम्बासामा उद्धार गरिएका युवतीहरुको संख्या देख्दा भने यो क्रम बढ्दो क्रममा रहेको पुष्टि गरेको छ।
बढ्दो ट्रेन्ड
मोम्बासा क्लबका मालिक आसिफ अमिरअली अलिभाई जेठालाई गएको अप्रिलमा युवतीहरुलाई धोकामा राखेको, तस्करीमा सघाएको र पासपोर्ट खोसेको गरी मानव बेचविखनको गम्भीर आरोपमा पक्राउ गरेको थियो।
क्यानडेली–बेलायती नागरिकताधारी आसिफले भने अदालतमा ती सारा अपराधमा आफ्नो कुनै संलग्नता नरहेको बताएका थिए। महिलाहरु आफ्नै मनले केन्या आएका, उनीहरुको काम सांस्कृतिक नृत्य मात्र देखाउनु रहेको, उनीहरुले कुनै अनैतिक वा यौनआशयका नृत्य प्रस्तुत नगरेको तथा उनीहरुमाथि कुनै पनि किसिमको यौन शोषण नगरेको/नभएको दाबी उनले गरेका थिए।
‘नृत्य गर्नुअघि एक महिनाको तलब दिने र सांस्कृतिक नृत्य गराउने प्रवृत्ति देखिएको छ,’ उनले भने, ‘तर जसै समय बित्दै जान्छ, उनीहरुको पासपोर्ट खोसेपछि जबरजस्ती यौनजन्य नृत्य गराउने मात्र होइन, कतिपय ग्राहकसँग सुत्नका लागि पनि तिनलाई बाध्य पारिन्छ।’
यतिबेला उनी जमानतमा रिहा भइसकेका छन् भने सुनवाईका लागि अर्को तारिख दिइएको छैन। भारतमा मुजरा नृत्य निकै चर्चित छ। जहाँ बलिउडका गीतमा नृत्याङ्गनाहरुले आफ्नो ‘अदा’ पस्कन्छन्। यस किसिमको व्यापार हिजोआज मोम्बासामा मात्र नभई नैरोबी, किसुमुमा पनि देख्न सकिन्छ। यसका सञ्चालक प्रायः दक्षिण एसियाली मूलका केन्यालीहरु रहने गरेका छन्।
प्रहरी तथा मानव बेचविखनविरुद्धको अभियानकर्मीहरुले यस्ता निजी क्लबहरुले महिला तथा युवतीहरुको शोषण गरेको, तीमध्ये केहीलाई यौन दासी बनाइएको, ऋणमा डुबेका युवतीहरुलाई अश्लील नृत्यका लागि बाध्य पारेको र कसैकसैलाई त यौन व्यवसायमा समेत धकेलेको आरोप लगाउने गरेका छन्।
मोम्बासा क्लबबाट उद्धार गरिएका शीला र अन्य महिलाहरुले भने आफूहरुलाई कुनै पनि अनैतिक धन्दाका लागि बाध्य नपारिएको, ग्राहकहरुलाई नभिडाइएको स्पष्ट पारेका थिए।
‘अधिकांश युवतीहरु यति गरिब र यति रुढिवादी परिवारबाट आएका हुन्छन् कि यस्ता कुरा परिवारले थाहा पाए के होला भन्ने कलंकको आशंका र लज्जाबोधका कारण बोल् पनि चाहँदैनन्,’
प्रायः यस्ता ठाउँमा काम गरिरहेका युवतीहरुबाट सत्य ओकल्याउन निकै गाह्रो हुने मानव अधिकार समूह ‘इक्वालिटी नाउ’की वकिल अनीता न्यानजोङ बताउँछिन्।
‘अधिकांश युवतीहरु यति गरिब र यति रुढिवादी परिवारबाट आएका हुन्छन् कि यस्ता कुरा परिवारले थाहा पाए के होला भन्ने कलंकको आशंका र लज्जाबोधका कारण बोल् पनि चाहँदैनन्,’ अनीता भन्छिन्, ‘उनीहरुलाई यौन व्यवसायका लागि बाध्यै बनाइएको भए पनि तस्करहरुले यस्ता कुरा नखुलाउनका लागि तिनलाई बाध्य पारेका हुन्छन्। यदि देहव्यापारमा संलग्न रहेको यहाँका प्रहरीले चाल पाए, तिमीलाई थुन्छन् भन्नेजस्ता कुरा सुनाएर तिनलाई त्यस्ता कुरा नस्वीकार्न आश्वस्त पारेका हुन्छन्।’
केन्यामै पनि यहाँका दुरदराजका युवती तथा महिलालाई ल्याएर यौन व्यवसायमा लाग्न बाध्य पारिएका अनेकन् घटना छन्। अहिले पनि केन्यामा साढे तीन लाखभन्दा बढी यौन दासीहरु रहेको अनुमान गरिन्छ।
प्रहरी छापा
हालैका दिनमा केन्याली प्रहरीले पारम्परिक एसियाली नृत्यशालाहरु खासगरी मुजरा बारहरुमा छापा हान्न थालेको छ। अमेरिकाले गएको वर्ष निकालेको वार्षिक ट्राफिकिङ इन् पर्सन्स (टिआइपी) रिपोर्टपछि यो क्रम बढेको हो।
‘यस्ता छापाले हामीलाई केन्यामा केकस्ता मानव वेचविखनका क्रियाकलाप भइरहेका छन् भन्ने बुझ्न मद्दत गरिरहेको छ,’ केन्याको अपराध अनुसन्धान निर्देशनालय (डिसिआई)का एक अधिकारीले नाम नछाप्ने अनुरोध गर्दै बताए।
‘नृत्य गर्नुअघि एक महिनाको तलब दिने र सांस्कृतिक नृत्य गराउने प्रवृत्ति देखिएको छ,’ उनले भने, ‘तर जसै समय बित्दै जान्छ, उनीहरुको पासपोर्ट खोसेपछि जबरजस्ती यौनजन्य नृत्य गराउने मात्र होइन, कतिपय ग्राहकसँग सुत्नका लागि पनि तिनलाई बाध्य पारिन्छ।’
यस्तो क्रियाकलापका लागि तीन महिनाको टुरिस्ट भिसामा दक्षिण एसियाली युवतीहरुलाई ल्याइन्छ। उनीहरुलाई सांस्कृतिक कार्यक्रमका लागि ल्याइने डिसिआई अधिकारीहरुको भनाइ छ।
शीला र अन्य ११ जना महिलाहरु विभिन्न समयमा नौ महिनाको अवधिमा भिन्दाभिन्दै रुटबाट केन्या आइपुगेका थिए। कोही भारतहुँदै त कोही इथियोपिया हुँदै।
अदालतमा हाजिर भएका १६ देखि ३४ वर्ष उमेर समूहका यी महिलाले केन्यामा आफूहरु आफन्त या साथी भेट्न आउने गरेको बताएका थिए।
यिनले हरेक रात काम गर्नुपर्ने, तिनलाई बेग्लै स्टेज नाम दिइएको हुने र हरेक महिना प्रत्येक युवतीले चार हजार डलरभन्दा बढी कमाउनैपर्ने नियम रहेको बताएका छन्।
‘हामीले टिप्स पाउँदैनौँ, त्यो चाहिँ बोसले लिन्छन्,’ २० वर्षीया मीनाले बताइन्। यो मीना नाम पनि उनको वास्तविक नाउँ होइन। उनले भनिन्, ‘जुन युवतीले राम्रो प्रदर्शन गर्छे, उसले भने २ सय डलरदेखि ५ सय डलरसम्म बोनस पाउँछे। तर उसको टार्गेट भने पूरा हुनुपर्छ।’
अदालतमा युवतीहरुले आफ्नो पासपोर्ट खोसिएको बताउनुका साथै उनीहरु बस्ने ठाउँका बारेमा कुनै पत्तो नपाएको जनाए। ‘हामी कहाँ बस्छौँ र अफिस कसरी पुग्ने कुनै कुरा थाहा छैन,’ मीनाले भनिन्, ‘हामीलाई उनीहरुले नै ल्याउँछन् र लैजान्छन्।’
यिनैमध्येका १२ जनालाई अहिले आश्रय दिइरहेका ट्रास केन्याका प्रमुख पल एधोक भन्छन्, ‘उनीहरु आफूलाई कुनै पनि किसिमको पीडित मान्न तयार छैनन् तर घटनाक्रम र उनीहरुको अवस्थाले त्यस्तो भने देखाइरहेको छैन।’
‘तिनलाई धोकापूर्ण तरिकाले ल्याइएको छ, उनीहरुलाई कुनै पनि प्रशासनिक संरचनाले नदेख्ने गरी केन्या भित्र्याइएको छ, उनीहरुलाई सबै कुराका लागि बन्देज लगाइएको छ, स्वतन्त्रता खोसिएको छ, पासपोर्ट गायब पारिएको छ। यी सबै कुराले उनीहरु मानव बेचविखनको चपेटामा परिरहेका छन् भन्ने स्पष्ट छ,’ पलको निष्कर्ष छ।
उद्धार गरिएका युवतीहरुलाई जुलाई महिनामा नेपाल फिर्ता पठाइसकिएको प्रहरीले जनाएको छ। आफ्नो परिचय नखुलाउने शर्तमा २४ वर्षीया सोनियाले भनिन्, ‘समग्रमा कहालीलाग्दो अवस्था छ। म यहाँ आउनै नहुने थियो। आउनु ठूलो भूल भयो। हामी सबै घर फर्कन चाहछौँ र केन्या कहिल्यै आउन चाहन्नौँ।’
थोम्सन रोयटर्स फाउन्डेसन
Leave A Comment