बाठा टाइगर

बुधबार, ०४ भदौ २०७६, ०१ : २० शुक्रवार
बाठा टाइगर

टाइगर श्राफले हालै इन्स्टाग्राममा आफ्ना फ्यानहरुलाई सम्बोधन गर्दै लेखे, ‘मलाई जे प्रश्न सोधे पनि हुन्छ।’ फ्यानहरु यही मौकाको ताकमा थिए। भटाभट प्रश्न सोध्न थाले। कसैले फिल्मबारे सोधे, कसैले रुचिबारे, अनि कसैकसैले गोपनीयताबारे। कतिसम्म भने ‘के तिमी अहिलेसम्म भर्जिन नै छौ ?’ रे ! हुन त यो प्रश्न त्यत्ति अनौठो पनि हैन। हो या हैनमा दिन पनि सकिन्थ्यो नै !

उनको उमेर वयष्क नै हो । त्यसमा पनि दिशा पटानीसँग अफेयर्स भएको कुरा उनले लुकाए पनि लुक्न सकेको छैन क्यार। तै पनि उनी लजाए। न ‘यस’ भने न ‘नो’। उनले भर्जिनिटीबारे प्रश्न साध्नेलाई उत्तर दिए, ‘ओई लाज नभएको, मेरो आमाबुबाले पनि मलाई फलो गरेका छन् !’ दिशासँगको सम्बन्धबारे पनि उस्तै उत्तर दिए, ‘अरे भाइ, मेरो औकात छैन।’ बाठा छन् टाइगर, हैन त ?
 

Leave A Comment