टपलेस एमी

बुधबार, ०४ भदौ २०७६, ०२ : १८ शुक्रवार
टपलेस एमी

एमी ज्याक्सन अहिले गर्भवती छन्। उनी विवाहअघि नै आमा बन्दैछिन्। उनी कहिले बिदामा इटाली पुगेकी हुन्छिन् त कहिले कहाँ। तर जहाँ पुगे पनि आफ्नो बेबी बम्प सार्वजनिक गर्न भने उनी हिच्किचाउँदिनन्।

हालै उनले बेबी बम्पसहित टपलेस फोटो सुट गरेर सार्वजनिक पनि गरेकी छन्। उनी अहिले सात महिनाकी गर्भवती छन्। माथि ह्याट लगाएर दुवै हातले स्तन छापेको उनको तस्विर सार्वजनिक भएलगत्तै भाइरल भएको छ।

धेरैले उनको तस्बिरमाथि सकारात्मक प्रतिक्रिया नै दिएका छन्। उनले हालै जर्ज पानायियोटोसँग इन्गेजमेन्ट गरे पनि विवाह भने भएको छैन।
 

Leave A Comment