आयुश्मानको खुसी

बुधबार, ०४ भदौ २०७६, ०२ : २४ शुक्रवार
आयुश्मानको खुसी

सोसल मिडिया हेर्ने हो भने अहिले आयुश्मान खुराना खुसीले झुमिरहेका छन्। सबैतिरबाट बधाईका बधाई ओइरिरहेको छ। यसको कारण उनले पाएको नेशनल फिल्म अवार्ड २०१८ नै हो। अवार्ड घोषणा भएको एक साता बित्दा पनि बधाई भने आइनैरहेको छ। किनभने उनले बलिउडका दिग्गज कलाकारलाई पछि पार्दै ‘अन्धाधुन्ध’ फिल्ममा गरेको अभिनयका लागि बेस्ट एक्टरको अवार्ड पाए।

नेपालमा पनि केही महिना अगाडि नेसनल अवार्ड भएको थियो तर जसले पाए ती लज्जित भएका थिए। उता भारतमा भने अवार्डको घोषणा हुँदा नै खुसीले गद्गद् छन् कलाकार। हरेक विषयमा भारतबाट प्रभावित हुने नेपाली फिल्म मेकर र सरकार यसो अवार्डको मर्यादामा पनि भारतबाट प्रभावित भए, अवार्ड पाउने नेपाली कलाकार पनि आयुश्मानझैँ खुसी हुन सक्थे नि !
 

Leave A Comment