¥याम्पमा चर्चित मोडल

शुक्रबार, २१ साउन २०७३, १२ : ४२ शुक्रवार , Kathmandu
¥याम्पमा चर्चित मोडल

नेपालका चर्चित मोडलले  शनिवार ¥याम्पवाक गर्ने भएका छन् । ‘सूर्य फेसन शो एन्ड एक्जिवीसन’ शीर्षकमा मोडलहरुले याक एन्ड यतिको ¥याम्पवाक गर्न लागेका हुन् । कार्यक्रममा १६ जना मोडलहरुले सहभागिता जनाउने कार्यक्रम संयोजक विकास खतिवडाले जानकारी गराए ।
नेपालमा चाडपर्वको मौसम सुरु भएकाले चाडपर्वमा लगाउने नयाँ डिजाइनका लुगाहरू प्रदर्शन गर्ने लक्ष्यसाथ फेसन शोको आयोजना गरिएको हो । ¥याम्पमा उत्रने मोडलले लेहेङगा, सारी तथा कुर्ताका नयाँ नयाँ डिजाइन प्रस्तुत गर्नेछन् ।
फेसन शोमा नेपालका चर्चित मोडलहरु सिर्जना रेग्मी, सविता कार्की, शिक्षा संग्रौला, शिक्षा शाक्य, मुना गौतम, अस्मिता श्रेष्ठ, अलिशा कुँवर आदिले सहभागिता जनाउने छन् । फेसन शोमा सुपर मोडल आस्था पोखरेल भने शो स्टपरको रुपमा ¥याम्पमा उपस्थित हुनेछिन् । थुप्रै अन्तराष्ट्रिय मन्चमा समेत मोडलिङको अनुभव सँगालेकी आस्था सिंगापुरमा भएको एसियाज नेक्स्ट टप मोडलका पांँचौ स्थानमा , आउन सफल भएकी थिइन् भने सन् २०१५को किंगफिसर क्यालेन्डरमा स्थान पाउने मोडल हुन् ।  
याक एन्ड यति होटलमा हुने फेसन शो बेलुकी ६ बजे सुरु हुनेछ । फेसन शोलाई आयुशी शाहले कोरियोग्राफ गरिरहेकी छिन् भने फेसन शोलाई इनोभेटिभ इन्टरटेनमेन्टले व्यवस्थापन गर्न लागेको हो ।

 

Leave A Comment