विवादमा मिका

सोमबार, ०९ भदौ २०७६, ०२ : ५५ शुक्रवार
विवादमा मिका

भारतीय गायक मिका सिंह प्रायः विवादमा तानिइरहन्छन्। कहिले स्टेजमै टङ किस खाएर उनी विवादमा आउँछन्, कहिले ड्रिक एण्ड ड्राइभ र हिट एण्ड रनमा। अहिले विवादको विषय हो पाकिस्तानमा भएको उनको स्टेज कार्यक्रमको।

कास्मिरलाई लिएर भारत–पाकिस्तानबीच विवाद बढिरहेको बेलामा मिका पाकिस्तान गएर कार्यक्रम गरेर फर्किए। उनको कार्यक्रममा पाकिस्तानी खुफिया एजेन्सीका अधिकारीदेखि डन दाउद इब्राहिमका आफन्तसमेत सहभागी भएको भन्दै भारतीय मिडियाले खेदो खनिरहेका छन्।

यत्ति भए पुगिहाल्यो भारतमा हंगामा हुन। हंगामा मात्र भएन यो पालि उनलाई अल इन्डिया सिने वर्कश एसोसिएसनले प्रतिबन्धै लगाइदियो। यस अगाडिका विवादमा त उनले सहजै मुक्ति पाएका थिए। यो पालि भने त्यति सजिलो होलाजस्तो लक्षण छैन।

Leave A Comment