रविलाई पाँच लाख धरौटी, रुकुलाई साधारण तारेख

सोमबार, ०९ भदौ २०७६, ०६ : २१ राजेन्द्र आचार्य
रविलाई पाँच लाख धरौटी, रुकुलाई साधारण तारेख

सिधा कुरा जनतासँगका कार्यक्रम सञ्चालक रवि लामिछाने धरौटीमा रिहा हुने भएका छन् । शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको थुनछेक बहसकोक्रममा जिल्ला अदालत चितवनले उनीसँग ५ लाख धरौटी मागेको हो । 

यही घटनामा जोडिकएकी रुकु भनिने अस्मिता कार्की साधारण तारेखमा मुक्त भएकी छिन् । अदालतको आदेश लगत्तै उनी रिहा हुनेछिन् । सिधा कुरा कार्यक्रमका पत्रकार युवराज कँडेलसँग अदालतले ३ लाख धरौटी मागेको छ ।

धरौटी माग्नु मुद्धामा सफाई नभई कुनै ब्यक्ति घटनामा संलग्न हुनसक्छ तर कारागारमै राखेर मुद्धा प्रकृया अगाडि बढाउन आवश्यक नदेखिएको हकमा अदालतले धरौटी माग्ने गर्छ । नेपाल छाडेर नभाग्ने, मुद्धाको प्रमाणमा प्रभाव नपार्ने, साक्षीको सुरक्षा खतरा नबढ्ने देखिएको हकमा धरौटी मागिन्छ । 

घटनामा जोडिए पनि संलग्नताको पुष्टी हुने प्रमाण कमजोर देखिएको अवस्थामा साधारण तारेखमा छाडिन्छ । रुकु साधारण तारेखमा रिहा भएकाले उनीविरुद्धको प्रमाण कमजोर रहेको देखिन्छ । 


 
 

Leave A Comment