रविलाई अदालतको तीन सर्त, शालिकराम आत्महत्याबारे कार्यक्रम चलाउन रोक

सोमबार, ०९ भदौ २०७६, ०७ : ०८ राजेन्द्र आचार्य
रविलाई अदालतको तीन सर्त, शालिकराम आत्महत्याबारे कार्यक्रम चलाउन रोक

शालिकराम पुडासैनी आत्महत्या घटनामा जोडिएका टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेलाई तीन सर्त सहित जिल्ला अदालत चितवनले पाँच लाख धरौटीमा रिहा गर्न आदेश दियो । 

अदालतले शालिकराम पुडासैनी दुरुत्साहनसँग जोडिने प्रशंसबारे कुनै पनि टेलिभिजन कार्यक्रम सञ्चालक गर्न नपाउने, सार्वजनिक मञ्चमा सो विषयमा बोल्न नपाउने र विदेश जानुपर्ने अवस्था आए पूर्व स्विकृती लिनुपर्ने तीन सर्त सहित धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

थुनछेक बहसमा पक्ष–विपक्षमा रहेका कानुन व्यवसायीको बहस सुनेपछि अदालतबाट आदेश आएको हो । यस अगाडि उनीमाथि लाग्ने गरेको आरोपबारे आफ्नै कार्यक्रममार्फत बहस पैरवी गर्दै आर्फैलाई निर्दोश देखाएको पृष्ठभुमी र प्रहरी हिरासतमा रहँदा हिरासतभित्रै असुरक्षित छु, अनुसन्धान मान्दिन, हिरासतमुक्त भएको तीन मिनेटमै निर्दोष प्रमाणित गर्नसक्छु जस्ता उनका अभिब्यक्तिलाई अदालतले गम्भिर रुपमा लिएको आदेशबाट देखिएको छ । 

उनको पक्षबाट बहस गर्ने कानुनी सहयोगीले रविले सफाई पाउनुपर्नेमा धरौटी मागेकाले आफूहरु यो आदेश विरुद्ध उच्च अदालत जाने बताएका छन् । 

Leave A Comment