तेस्रो बिहेको तयारी

मङ्गलबार, १० भदौ २०७६, ०३ : ४२ शुक्रवार
तेस्रो बिहेको तयारी

अमेरिकी एक्ट्रेस स्कारलेट जेहानसन प्रायः आफ्नो तस्बिरका कारण चर्चामा आइरहन्छिन्। अहिले उनी न्यूयोर्कको ह्याम्पटनमा आफ्नो भावी श्रीमानसँग बिदा मनाइरहेकी छिन्।

हालै उनलाई कालिन जोस्टसँग समुद्र किनारमा देखिएको थियो। उनी लेस भएको वन पिस ह्वाइट ड्रेसमा निक्कै सुन्दर देखिएकी थिइन्। हल्का मेकअप गरेको उनको मुहार निक्कै सुन्दर देखिएको थियो।

उनको यस अगाडिको २ वटा विवाह असफल भयो। अहिले उनी प्रेमीसँग मस्तीमा छिन्। २०१० देखि सिङ्गल रहेकी उनी अब कालिनसँग विवाह गर्ने मुडमा रहेको चर्चा छ।

Leave A Comment