हावामा झुण्डिएर बिहे

शुक्रबार, २१ साउन २०७३, ०२ : ५८ शुक्रवार , Kathmandu
हावामा झुण्डिएर बिहे

हावामा कावा खाँदै बिहे गर्नु आफैँमा अनौठो छ । यस्तो दुर्लभ अनुभूति भारतीय राज्य महाराष्ट्रको एउटा जोडीले हासिल गरेको छ ।
महाराष्ट्रनिवासी जयदीप जाधवले रेश्मा नाम गरेकी युवतीसँग यसरी नै हावामा तैरिएर बिहे गरेका छन् । जाधवलाई सानैदेखि साहसी खेलको सोख थियो । त्यही भएर उनी  आफ्नो बिहेलाई पनि ‘एड्भेन्चरस’ बनाउन चाहन्थे । बिहे हुने तय भएपछि उनले यसबारे रेश्मासँग सल्लाह गरे । त्यसपछि उनीहरूले गहिरो गल्छीमाथि हावामा डोरीको सहायताले झुण्डिएर एकअर्कालाई वरमाला पहि¥याउने निधो गरे । नभन्दै यसरी नै दुवैले बिहे गरे । यो साहसी जोडीको विवाह प्रसंग देशभित्र र बाहिर चासोको विषय बन्नपुग्यो ।

 

Leave A Comment