ट्रम्पबारे कोल

शुक्रबार, २१ साउन २०७३, ०३ : ०७ शुक्रवार , Kathmandu
ट्रम्पबारे कोल

अमेरिकी टीभी स्टार तथा मोडल कोल कार्दसियनले आफू अमेरिकाको रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका डोनाल्ड ट्रम्पको प्रशंसक नभएको बताएकी छिन् । राष्ट्रपति पदका दुई प्रत्याशी हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पलाई लिएर पूरै अमेरिकी समाज ध्रुवीकृत भएका बेला कोलले पनि आफ्नो धारणा राखेकी हुन् ।
‘ट्रम्पलाई टीभी सो ‘द सेलिब्रिटी एप्रेन्टिस’मा आमन्त्रण गरिँदा मैले पनि टीभीको प्रोग्राम प्रोडक्सन युनिटको सदस्य भएर काम गरेकी थिएँ,’ उनले भनिन्, ‘कार्यक्रममा ट्रम्पको प्रस्तुति र तर्क मलाई त्यति जँचेन । त्यतिबेला मलाई के लाग्यो भने ट्रम्प असल राष्ट्रपति बन्न सक्दैनन् ।’ आफ्नी आमा चाहिँ ट्रम्पको ठूलो प्रशंसक भएको उनले खुलाइन् ।

 

Leave A Comment