अन्तरिक्षको पहिलो अपराध

शनिबार, १४ भदौ २०७६, ०१ : १० शुक्रवार
अन्तरिक्षको पहिलो अपराध

नासामा काम गर्ने दुई वैज्ञानिकबीच त्यहीँ रहँदाबस्दा प्रेम भयो, विवाह पनि भयो तर तिक्तता बढ्दै गएपछि उनीहरु छुट्टिएपछि यतिबेला अनौठो विवादमा दुवै फस्न पुगेका छन्।

एन म्याक्लेनले अन्तरिक्षमा रहेको स्पेस स्टेसनमा रहँदा अमेरिकी धर्तीमा रहेको बैंकको जानकारी हेर्ने प्रयास गरेको आरोप हो। यता एनले भने आफूले कुनै अपराध नगरेको बताएकी छन्।

धेरैले भने पृथ्वीको कानुन अन्तरिक्षमा नलाग्ने भनी प्रतिवाद गर्ने गरेको छ। तर कानुनअनुसार पृथ्वीका प्राणीले जुनसुकै ग्रहमा गएर जस्तोसुकै अपराध गरे पनि सो देशको नागरिक र कानुनअनुसार कार्बाही हुने नासाले स्पष्ट पारेको छ।

अन्तरिक्षमा रुस, फ्रान्स, अमेरिका, जर्मनी लगायत अन्य मुलुकको सामूहिक स्टेसन छ। जुन देशको वैज्ञानिकले अन्तरिक्षमा अपराध गर्छ, उसले सोही देशको कानुनअनुसार कार्बाही भोग्नुपर्ने केहीको धारणा छ।

एनी आउँदो वर्ष चन्द्रमामा पुग्ने पहिलो महिला बन्ने तयारीमा थिइन्। यो घटनापछि उनको चन्द्रयात्रा रोकिने सम्भावना बढेर गएको छ। यता एनीले भने आफूले बैंक अकाउन्ट हेर्ने प्रयास गरेको तर कुनै अपराध नगरेको बताएकी छन्।

उनका पूर्वपति समर वर्डेनले आफ्नो बैंक अकाउन्ट कसैले चलाउन खोजेको भनी प्रहरीमा गुनासो गरेका थिए।
यी दुईबीच सन् २०१४ मा बिहे भएको थियो भने २०१८ मा पारपाचुके भएको थियो।

Leave A Comment