परी अनुष्का

मङ्गलबार, १७ भदौ २०७६, ०२ : ४५ शुक्रवार
परी अनुष्का

बलिउडमा एउटा समय कस्तो थियो भने गाउँले भूमिका भए पनि चट्ट परेको आधुनिक शैलीको लुगा लगाउनु पथ्र्यो हिरोइनले। नत्र त उनीहरु फिल्म खेल्नै मान्दैनथे। जया भादुडीजस्ता नयाँ छिमलका कलाकार अभिनय सिकेरै बलिउडमा छिरेपछि भने उनीहरुले वास्तविकतालाई बढी जोड दिए। गाउँले भूमिका भएपछि लुगाफाटो पनि फाटेटालेका लाउन उनीहरुलाई धक थिएन। नयाँ पुस्ताका कलाकारमा पनि लुगा वा मेकअपमा कम नखरा गर्दैनथे !
पछिल्लो समय भने यस्ता कुरा देखिन छाडेका छन्। गरिब गाउँले केटी छ भने गरिबी नै झल्कने चिजबिज देखिनुपर्छ भन्ने मान्यताले जरो गाड्दै जान थालेको छ।

नत्र त एसिड प्रहार भएको फिल्म र चरित्र भए पनि त्यसमा एसिड त हानिन्थ्यो तर हिरोइनको अनुहार बिग्रदैनथ्यो। बिग्रिए पनि कुरुप देखिने दृश्य राख्ने कुरामा हिरोइनहरुको रोइलो चल्थ्यो।

हिजोआज त्यस्ता कुराले त्यति महत्व पाउन छाडेका छन्। दीपिका पादुकोणको नयाँ फिल्ममा एसिड प्रहारले अनुहार बिग्रिएकी युवतीको भूमिकालाई सहज रुपमा लिएकी छन् र उनीजस्ती सुन्दरी अभिनेत्री कुरुप हुन तयार छिन्।

पछिल्लो समय यही कुरा लागू भएको छ, क्रिकेटर विराट कोहलीकी पत्नी अनुष्का शर्मामा। उनको नयाँ फिल्म ‘परी’ उनी कुरुप हुन तयार भएकी छन्। हुन त हरर फिल्ममा दर्शकलाई आतंकित पार्नका लागि सोहीअनुसारको मेकअप त हुनै प-यो !

बलिउडमा बल्लतल्ल हिरोइन महत्वको कुरा होइन, चरित्र चाहिँ मुख्य कुरा हो भन्ने चेत घुस्दा निर्देशकले पनि आफ्नो खुबी देखाउन पाएका छन् भने दर्शक पनि फिल्मबाट कन्भिन्स हुने अवस्था आएको छ।

Leave A Comment