चोपडालाई खानामा कीरा

बुधबार, १८ भदौ २०७६, ०१ : ३५ शुक्रवार
चोपडालाई खानामा कीरा

एउटा सुटिङको दौरानमा भारतकै चर्चित शहर अहमदाबाद पुगेकी प्रियंकाकी बहिनी मीरा चोपडाले पाँचतारे होटलमा कीरा परेको खाजा पस्किएपछि हंगामा भएको छ।

यो हंगामा त्यहाँ भएको भने होइन। उनले कीरा परेको खाजा त खाइनन् तर होटलबाट निस्किएपछि उनले सामाजिक सञ्जालमा आज बिहानको खाजामा कीरासहितको खाजा पस्किइयो तर मैले खाइनँ भन्दै पोस्ट गरेपछि उनको सो पोस्ट भाइरल बन्न पुग्यो।

कतिसम्म भने भारतको गुणस्तर विभागले समेत उनको सो पोस्टमा टिप्पणी गर्न भ्यायो। विभागले यस्तो गुणस्तरहीन खाना पस्कने डबल ट्री नामक रेस्टुराँलाई अनुसन्धानको घेरामा पार्न कुनै कसर नछाडिने टिप्पणी ग-यो।

सेक्सन ३७५ फिल्मकी अभिनेत्री मीराको यो सचेतनालाई धेरैले सराहनासमेत गरेका छन्।
 

Leave A Comment