किएराको दिन बद्लेला ?

बुधबार, १८ भदौ २०७६, ०१ : ५७ शुक्रवार
किएराको दिन बद्लेला ?

किएरा आडवानी दक्षिण भारतमा राम्रै नाम कमाएकी अभिनेत्री हुन् तर उत्तर भारत अर्थात् बलिउडमा भने उनले नाम कमाउन भने सकेकी छैनन्। उनले सन् २०१४ मा ‘फगली’ फिल्मबाट बलिउडमा पदार्पण गरेकी भए पनि फिल्म फ्लप भएयता कुनै दह्रो पाउ जमाउन सकेकी छैनन्।

अब भने ती दिन परिवर्तन हुने अपेक्षा उनको छ। आउँदो वर्ष इदमा रिलिज हुने उनको ‘लक्ष्मी बम’बाट उनलाई निकै ठूलो अपेक्षा छ। अपेक्षा नहोस् पनि किन ? उनीसँगै पर्दामा अक्षय कुमारजस्ता खारिएका ब्लकबस्टर सुपरस्टार जो छन् !

दक्षिण भारतमा निकै ख्याति कमाएको हरर कमेडी ‘कञ्चना’को हिन्दी रिमेक ‘लक्ष्मी बम’ फुस्स हुने हो कि गतिलै गरी ब्लास्ट हुने हो र किएराको बलिउड करियर दौडने हो, केही समय भने कुर्नैपर्ने भएको छ।

Leave A Comment