माइली साइरसको ट्याटु चर्चा

बुधबार, १८ भदौ २०७६, ०२ : ०९ शुक्रवार
माइली साइरसको ट्याटु चर्चा

विछोडको पीडा सबैभन्दा ठूलो पीडा हो भन्ने कुरा चर्चित गायिका माइली साइरसलाई यतिबेलो थाहा हुँँदैछ। त्यसैले त केही समयअघि ब्रेकअप भएका पति लियाम हेम्सवर्थको यादमा उनले गतिलै ट्याटु खोपाएकी छन्।

अमेरिकी चर्चित गायिका साइरसले हालै एमटिभीको म्युजिक भिडियो अवार्डमा गीत गाउँदै गर्दा उनले देब्रे हातको माथिपट्टि ट्याटु खोपाएको र त्यो उनका पूर्वपतिलाई समर्पित गरेको देखिएको केहीले दाबी गरिरहेका छन्।

अब प्रेम भनेको कुरा एकतर्फी होस् या दुईतर्फी, त्यसलाई स्पष्ट पार्नु पनि नराम्रो कुरा होइन।

Leave A Comment