बिरामी हुँदा खुसी मनाउने जिम्मा

बुधबार, १८ भदौ २०७६, ०२ : ४६ शुक्रवार
बिरामी हुँदा खुसी मनाउने जिम्मा

टोवी टिभी शृंखलाकी अभिनेत्री जिम्मा कोलिन पछिल्लो समय बिरामी पर्दा निकै खुसी देखिइन्। अत्यधिक मोटी अभिनेत्रीको उपमा पाएकी जिम्मा पछिल्लो हप्ता नराम्रोसँग बिरामी परेकी थिइन्। यसले उनले आराम गर्ने फुर्सद त पाइन् नै, सँगैमा आफ्नो वजन कम गर्ने बहाना पनि पाइन्।

३८ वर्षीया यी अभिनेत्रीले सामाजिक सञ्जालमा लेखिन्, ‘हुन त मानिसहरु बिरामी पर्दा रोइकराई गर्छन्, के के न भएजस्तो गर्छन् तर म भने खुसी भएँ। कम्तीमा मैले आराम गर्ने मौका त पाएँ नै, बिरामीका कारण वजन पनि पर्याप्तै घट्यो।’

त्यसो त वजन कति घट्यो, उनले खुलाएकी छैनन्। तर मान्छेलाई खुसी हुने सानो कारण मात्र चाहिन्छ। खुसी हुने कारण खोजीखोजी बिरामी नै हुँदा पनि खुसी हुनु चाहिँ अनौठै छ बा !!
 

Leave A Comment