बिहे गर्ने यस्तो बर्बर चलन

आइतबार, २३ साउन २०७३, १० : ११ शुक्रवार , Kathmandu
बिहे गर्ने यस्तो बर्बर चलन

संसारमा अनेक अमानवीय र असभ्य परम्परा छन् । किर्गिस्तानमा बलात्कार गरेर महिलालाई बिहेका निम्ति राजी गराउने परम्परा छ । सुन्दा अपत्यारिलो लागे पनि त्यहाँ यस्तो अभ्यास लामो समयदेखि चलिआएको छ ।  
यस्तो परम्परालाई त्यहाँ ‘अला कचु’ भनिन्छ । यो चलनअन्तर्गत आफूलाई मन परेकी युवतीलाई पुरुषले अपहरण गर्छ र एकान्तमा लगेर आफूसँग बिहे गर्न फकाउँछ । युवती राजी भइन् भने भइगयो, होइन भने बलात्कार गरेर उसले युवतीलाई बिहेका निम्ति बाध्य पर्छ । मनले खाएको युवकसँग छोरीचेलीको बिहे होस् भन्ने चाहनेले छोरीचेलीकै बलात्कारको माहोल मिलाउन सहयोगसमेत गर्ने गरेका छन् । बलात्कृत भएपछि युवतीले पनि बिहेका निम्ति राजी हुनुपर्छ ।
बलात्कार गरेर युवतीलाई बिहेका निम्ति राजी गराउने यस्तो परम्पराले महिलाविरुद्ध हिंसालाई प्रवद्र्धन गरेको भन्दै सन १९९४ मा यसमाथि कानुनी प्रतिबन्ध लगाइएको थियो । तापनि, हरेक वर्ष किर्गिस्तानमा १२ हजार महिलालाई बलात्कार गरेर बिहेका निम्ति राजी गराउने गरिएको तथ्यांकले देखाउँछ ।

Leave A Comment