धरौटीविरुद्ध रवि उच्च अदालतमा

शनिबार, २१ भदौ २०७६, १० : ५४ शुक्रवार
धरौटीविरुद्ध रवि उच्च अदालतमा

सञ्चारकर्मी शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनमा सर्तसहित धरौटीमा छुटेका टेलिभिजन सञ्चालक रवि लामिछाने र पत्रकार युवराज कँडेल चितवन जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका छन्।

१० दिनको प्रहरी हिरासतपछि लामिछाने र कँडेल ५ लाख र ३ लाख धरौटीमा मुक्त भएका थिए। सोही मुद्दामा जोडिएकी अस्मिता कार्की साधारण तारेखमा मुक्त भएकी थिइन्।

धरौटीसँगै अदालतले लामिछाने र कँडेललाई पुडासैनी प्रकरणबारे टेलिभिजन र सामाजिक सञ्जालमा बोल्न नपाउने, सार्वजनिक कार्यक्रममा बोल्न नपाउने, उपचारका लागि विदेश जान परे अदालतको पूर्व अनुमति लिनुपर्ने सर्त राखेको थियो।

चितवन अदालतको आदेश आएलगत्तै लामिछाने र कँडेलका कानुन व्यवसायीले अदालतको आदेश चित्त नबुझेको भन्दै सो आदेशविरुद्ध उच्च अदालत जाने बताएका थिए। लामिछाने र कँडेलबारे आएको आदेश बेरितको रहेको माग गर्दै उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दिएका हुन्।

Leave A Comment