मुसाको आत्मदाह

शनिबार, २१ भदौ २०७६, ११ : ०८ शुक्रवार
मुसाको आत्मदाह

सामाजिक सञ्जालमा यतिबेला एउटा मुसाको आत्महत्या निकै भाइरल बन्न पुगेको छ। अमेरिकाको टेक्सास राज्यको बास्ट्रोपमा रहेको ह्वाटअबर्गर रेस्टुराँमा बर्गर पकाउन ठिक्क पारिएको उमालिएको तेलमा एउटा मुसा दौडदै आएर उम्लिएको तेलमा हाम्फालेको भिडियो भाइरल बन्न पुगेको हो।

एक जना ग्राहकले भिडियो खिचिरहेका बेला मुसा दौडिएर आफैँ फ्राई चिकनको ठाउँमा फ्राइड माउस बन्न पुगेको हो।
यो भिडियोलाई ब्रस्वान लेविस फेसबुकमा हालिदिएपछि भाइरल बन्न पुगेको हो। आइतबार यता यो भिडियो फुटेजलाई १४ लाख पटक हेरिसकिएको छ।

फेसबुकमा आफ्नो रेस्टुराँमा मुसाले गरेको आत्मदाहको भिडियो प्रकाशित भएपछि रेस्टुराँले सो मृत्युमा दुःख व्यक्त गरेको छ। आत्मदाह सबैका सामुन्ने भएकाले यसमा रेस्टुराँको कुनै गल्ती नभएको फेसबुक पेजमा रेस्टुराँले प्रतिक्रिया जनाएको छ।

यससँगै रेस्टुराँले भनेको छ, ‘यो घटनापछि हामीले मुसाहरुलाई पुनः आत्मदाह नगर्न÷नगराउनका लागि रेस्टुराँ तत्काल बन्द गरेर, सरसफाई गरेका छौँ। उनीहरु छेउछाउसमेत नआऊन् भन्नाका खातिर हामीले मुसा भगाउने ओखती छ्यापेका छौँ। शायद अब उनीहरु यता आउने हिम्मत नगर्लान्।’
 

Leave A Comment