रिहानाको लियोपार्ड मुड

सोमबार, २३ भदौ २०७६, ०१ : ३९ शुक्रवार
रिहानाको लियोपार्ड मुड

भिन्न भिन्न भावभङ्गीमाका तस्बिर सार्वजनिक गरेर आफ्ना फ्यानलाई हायल कायल गर्न माहिर गायिका रिहानाले हालै एनिमल प्रिन्टेन्ड लेगिज् र ब्रा लगाएका तस्बिर सार्वजनिक गरिन्।

लियोपार्ड फ्लेवरको ब्रा र लेगिज्मा उनी उस्तै सेक्सी देखिएकी छन्। तस्बिरमा समेत उनले आफ्नो भावभङ्गीमा जनावरै शैलीमा देखाएकी छन्। यी गायिका आफैं आफ्नो ब्राण्डको प्रमोसनमा व्यस्त हुने गरेकी छन्।

एनिमल प्रिन्टेड ब्रा र लेगिज् उनकै ब्राण्डका हुन्। उनले आफ्नो ब्राण्डको ब्युटी प्रडक्टमा ४० मिलियन लगानी गरिसकेकी छन्। उनी आफ्नो ब्राण्डको प्रमोसनका लागि केही समय न्युयोर्कमै बस्ने तयारीमा छिन्।
 

Leave A Comment