हेलेनको तनाव

बुधबार, २५ भदौ २०७६, ०२ : ०७ शुक्रवार
हेलेनको तनाव

नायिका हेलेन फ्ल्यानगनको डेनिम मिनी ड्रेससहित सेलिब्रिटी हेयर ड्रेसर जे हालसँग कुरा गर्दै गरेको तस्बिर सार्वजनिक भयो। घुँडा मुनिसम्मको हाई बुटमा रहेकी नायिकालाई डेनमको मिनी ड्रेस निकै सुहाएको थियो। तर ड्रेसलाई उनका स्तनको भार थेग्न भने हम्मे परेको थियो। त्यसैले उनका स्तनका कर्भका अधिकांश भाग सहजै देखिए।

यी दुवै डिनर डेटमा गएका थिए। केही महिनाअगाडि जन्मिएका सन्तानलाई स्तनपान नगराएको आफैँले खुलाएपछि उनको आलोचना भएको थियो। उनी आफैँले १३ महिनासम्म स्तनपान गराएको तर अब नगराउने भनी सार्वजनिक रुपमा घोषणा गरेकी थिइन्। बच्चा रोएर आफू हैरान भएको र प्रेमीसँग आफ्नै बेडरुममा समय बिताउन इच्छुक रहेको सार्वजनिक गरेलगत्तै आलोचना बढे पनि उनले वास्ता गरिनन्। हालै आएको तस्बिरले उनी बच्चाको तनावबाट मुक्त हुन डेटमा हिँडिरहेको देखियो।

Leave A Comment