फुटबल स्टेडियम बन्यो जंगल

बिहिबार, २६ भदौ २०७६, ०१ : २६ शुक्रवार
फुटबल स्टेडियम बन्यो जंगल

अष्ट्रियाको एक फुटबल रंगशालामा खेल खेलाउनुको साटो रूख रोपिएको छ। अष्ट्रियन क्लब एसके अष्ट्रिया क्लागेफुर्टको मैदानमा प्रदूषणविरुद्ध जनचेतना जगाउन रुख रोपेको हो।

स्विस कलाकार क्लाउस लिटम्यानको पहलमा विश्वमा देखिएको पर्यावरणको परिवर्तन र वन फडानीबारे जनचेतना फैलाउन स्टेडियममा रुख रोपिएको हो। स्टेडियममा करिब ३ सय रुख रोपिएका छन्। रंगशाला ३२ हजार दर्शक अट्थे।

मैदानमा रुख रोपिएपछि दोस्रो डिभिजन क्लब क्लागेफुर्टले आफ्नो घरेलु खेल अन्य रंगशालामा खेल्न राजी भयो।

Leave A Comment