जब ७३ वर्षीयाले जन्माइन् जुम्ल्याहा

शनिबार, २८ भदौ २०७६, ११ : २८ शुक्रवार
जब ७३ वर्षीयाले जन्माइन् जुम्ल्याहा

भारतको आन्ध्र प्रदेशकी ७३ वर्षीया एक हजुरआमा स्वर्ग जाने तयारी गर्नुको साटो सन्तान हुर्काउने तयारीमा लागेकी छन्। गएको बिहीबार उनले अस्पतालमा जुम्ल्याहा जन्माएकी छन्। यससँगै उनी सबैभन्दा वृद्धावस्थामा सन्तान जन्माउने भाग्यमानीका रुपमा नाम दर्ता गराएकी छन्।

अहिल्या आइभिएफका निर्देशक डा. सांकलय उमाशंकरले मंगयम्मा र उनका ८० वर्षे पति राजा रावको संयुक्त प्रयासबाट यो सम्भव भएको बताए। सन् १९६२ मा विवाह गरेका यी दुवैले प्राकृतिक कारणले सन्तान जन्माउन सकेका थिएनन्।

सन् २०१८ मा यो जोडी डा. उमाशंकरकहाँ सहयोग माग्दै आएका थिए। उनीहरुलाई सन्तान जन्माउने अन्तिम उपायका रुपमा आइभिएफ उपचार पद्धति भएको बताएका थिए।

आउँदो २१ दिनसम्म यी जम्ल्याहालाई विशेष रेखदेख गरिने अस्पताल सूत्रले जनाएको छ। खासगरी वृद्धावस्थामा सन्तान जन्मिएका कारण उनीहरुमा कुनै समस्या देखिन्छ कि भन्ने आशंका चिकित्सक टोलीलाई छ।

सर्जरी गरी आमाको कोखबाट यिनलाई निकालिएको थियो। यतिञ्जेलसम्म जुम्ल्याहामा कुनै स्वास्थ्यको समस्या भने नदेखिएको डा. उमाशंकरले सिएनएनलाई बताएका छन्।

‘हामीले अहिले नै आमालाई दुःख नचुसाउन आग्रह गरेका छौँ र उनीहरुलाई बोतलको दुध खुवाइरहेका छौँ,’ डा. उमाशंकरले बताए।

सन्तान पेटमा बसेदेखि नै कुनै समस्या नदेखिएको चिकित्सक समूहले जानकारी दिएका छन्। रोचक त के छ भने स्वयं आमा मंगयम्मालाई चिनी रोगले सताएको निकै वर्ष भएको छ। यही कारणले सन्तानमा केही समस्या देखिने हो कि भन्ने चिकित्सकहरुलाई आशंका थियो।

‘यी जम्ल्याहामा अहिलेसम्म कुनै समस्या देखिएको छैन,’ डा. उमाशंकरले भने, ‘झन् आमालाई कुनै समस्या नहुनु अझ ठूलो चमत्कार हो।’

Leave A Comment