संसारकै महँगो रक्सी ?

शनिबार, २८ भदौ २०७६, ११ : ४० शुक्रवार
संसारकै महँगो रक्सी ?

अस्ट्रेलियाका एक पत्रकार पिटर लालोरले एउटा सामान्य बियरलाई संसारकै महँगो मोल तिर्नुपरेको छ। खासमा जम्माजम्मी ६.७६ डलर पर्ने सो बियरलाई उनले ६७,६८९ डलर तिर्नु परेको छ।

बेलायतको मेनचेस्टरस्थित माल्मेसन होटलस्थित रक्सी बारमा छिरेर उनले एउटा बियर अर्डर गरेका थिए। जब उनले सो बियरको बोतल रित्याएर पैसा तिर्ने ठाउँमा गए, उनको होश नै उड्यो। बिल लिएर उनले नियालेर हेरे, उनलाई तिर्नुपर्ने रकममाथि विश्वासै लागेन।

तर चलाख पत्रकार पिटरले त्यसको तस्बिर खिचिहाले र ट्वीटरमा छापिहाले। लेखे, ‘हेर्नुस्, मैले कस्तो खत्रा बियर खाएँ भने एउटा बोतलको हजारौँ डलर तिर्नुप-यो।’

ट्वीटरमा उनले बियरको बोतल र बिल पनि राखेका थिए। यो ट्वीटर आएको केही मिनेटमा नै बारका एक एटेन्डरले उनलाई बिल फिर्ता दिन आग्रह गरे।
यसपछि सच्याइएको बिल उनलाई थमाइएको थियो।

त्यसो त उनले यो पैसा मज्जैले तिरे। यतिबेला उनी नयाँ झमेलामा फँसेका छन्। बैंकले भनेको छ, ‘तपाईंको यो पैसा बियरवाला भट्टीको अकाउन्टबाट तपाईंकहाँ सार्न केही साता समय लाग्नेछ। त्यतिञ्जेल तपाईंले धैर्य गर्नुपर्ने हुन्छ।’
होटलले उति बेला नै उनीसँग उनले भोग्नुपरेको अप्ठेरोका लागि माफी मागिसकेको छ।

Leave A Comment