हजुरआमा बनिन् रविना

शनिबार, २८ भदौ २०७६, ०१ : ४८ शुक्रवार
हजुरआमा बनिन् रविना

उमेर हेर्दा त त्यस्तो देखिन्न। फिल्म क्षेत्रले पत्याउन छाडे पनि टेलिभिजन शोहरुमा उनको माग अझै छ। तर एउटा खबरले भने कुनै जमानाकी सुपरस्टार रविना टण्डनका फ्यान छक्क पर्न सक्छन्। छक्क पार्ने खबर हो, उनी हजुरआमा बन्दैछिन्। फिल्ममा हैन है ! वास्तविक जीवनमै उनी हजुरआमा बन्न लागेकी हुन्। उनकी छोरीको बेबी सावर भइसक्यो। बेबी सावर भनेको चैँ नेपालमा गर्भवती भएपछि दही चिउरा ख्वाइन्छ नि ? हो, त्यस्तै हो।

उनलाई हजुरआमा बनाउने काम आफैँले जन्माएकी छोरीका कारणले भने होइन। उनले छोरी स्वीकारेकी छायाँले हो। आफ्नी धर्मपुत्री आमा बन्न लागेको खुसियालीमा रविनाले आफ्नै घरमा गोद भराई कार्यक्रमको आयोजना गरेकी थिइन्। सो तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। धेरैले पत्याउन सकिरहेका छैनन्, रविना हजुरआमा भइसकिन् भनेर।

Leave A Comment