उत्कृष्ट विद्यार्थीका १० गुण

सोमबार, ३० भदौ २०७६, ०९ : ५७ शुक्रवार
उत्कृष्ट विद्यार्थीका १० गुण

पढाइमा उत्कृष्ट हुने चाहना सबैमा हुन्छ। चाहना हुँदाहुँदै पनि सबै उत्कृष्ट हुन सक्दैनन्। विद्यार्थीमा कस्ता गुण हुने हो भने कक्षामा उत्कृष्ट हुन्छन् त ? विषयवस्तुले के भन्न खोजेको हो कसरी बुझ्ने ? उत्कृष्ट विद्यार्थीका के–के त्यस्ता बानी हुन्छन्, उनीहरु सधैँ उत्कृष्ट हुन्छन् ? विद्यालय तहमा राम्रो गरिरहेका विद्यार्थी क्याम्पस तहमा राम्रो गर्न सक्दैनन्। कारण, गहिरो गरी अध्ययन नगर्नु नै हो !

उत्कृष्ट विद्यार्थीको सिक्ने तरिका अन्य विद्यार्थीको तुलानामा फरक हुन्छ। सिक्ने, बुझ्ने तौरतरिका फरक हुन्छ। सबै विद्यार्थीलाई उत्कृष्ट हुने चाहना राख्छन् तर कति जनाले उत्कृष्ट हुन के–के गरेका छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ। कम विद्यार्थी उत्कृष्ट हुनुको कारण उनीहरुको दिमाग अरुको भन्दा तगडा वा पढ्ने तेज भएर मात्र हैन। केही सीमित विद्यार्थीबाहेक सबै विद्यार्थीको मस्तिष्क उस्तै उत्तिकै क्षमताको हुन्छ। मात्र सिक्ने चाहना, विषयवस्तु प्रतिको लगाव र निरन्तर गर्ने मिहिनेतमा सर्वोत्कृष्टता र सफलता भर पर्छ।

लगातार नपढ्नु
हामीमध्ये धेरैको परीक्षा आउने बेलामा मात्र ६/७ घण्टा लगातार पढ्ने बानी हुन्छ। यो गलत तरिका हो। उत्कृष्ट हुने विद्यार्थीले एकै दिनमा सबै कोर्स सक्ने गरी एकोहोरो पढ्दैनन्। बीचबीचमा ग्याप पनि दिइरहेका हुन्छन्। केही घण्टाको अन्तरालमा पढ्नुको अलावा शरीरलाई चलायमान बनाउने गर्नुपर्छ। तुरुन्तै एकपछि अर्काे विषय पढ्दा हाम्रो दिमागलाई पनि थकाइ लाग्छ। एउटा विषय पढेको केही समयपछि मात्र अर्काे विषय पढ्नु राम्रो हुन्छ।

पढ्नुअघि योजना बनाउने
सबल विद्यार्थीले निश्चित समयभित्र के–के कति पढिसक्ने भन्नेबारे समय तालिका बनाउने गर्छन्। अन्धाधुन्द शैलीले पढेर कहीँ पुगिदैन। समयको नाश मात्रै हुन्छ। यो हप्ता यो महिना यति पुस्तक यसरी पढिसक्छु भन्ने योजना बनाउनुपर्छ। यसो गर्दा सबै विषयलाई उत्तिकै समय दिन सकिन्छ। हरेक दिन अथवा हरेक हप्ता कोर्समा भएका सबै पुस्तक पढ्नु उपयुक्त हुन्छ। यसो हुँदा सबै विषयमा उत्तिकै दक्षता हासिल गर्न सकिन्छ।

पढ्ने समय तोक्ने  
बिहान सबेरै उठ्ने बानी छ या रात अबेरसम्म बस्ने बानी छ ? जुन समयमा बसे पनि पढ्ने समयतालिका भने बनाइहाल्नु पर्छ। राति पढ्न मन पर्छ भने राति पढ्नुस्। बिहान पढ्न मन पर्छ भने बिहान पढ्नुस तर सधैँ एउटै समयमा पढ्ने गर्नुपर्छ। नियमित पढिन्छ भने हाम्रो मस्तिष्कमा पनि यो समयमा पढ्ने भन्ने कुरा रहन्छ। सिकाइको प्रभाकारिता पनि बढ्छ।

हरेक दिन लक्ष्य निर्धारण गर्ने
कुनै पनि विषय/पुस्तक हातमा लिइसकेपछि निश्चित समयमा यो विषयको के कुरा आफू  प्रस्ट हुन्छु भन्ने कुरामा ध्यान दिनुपर्छ। यो अध्यायको के कुरा सबैभन्दा बढी ध्यान दिन आवश्यक छ। पढ्नुअघि लक्ष्य निर्धारण भइसकेको छ भने पढिसक्दा के–के कुरामा आफू प्रस्ट भइयो, के–के कुरा भएन भन्ने थाहा हुन्छ। प्रस्ट नभएको कुरामा सम्बन्धित प्राध्यापक अथवा साथीहरुसँग सोध्न सकिन्छ।

सिक्न ढिलो नगर्नुस्
आफूलाई मन परेकै विषय लिएर पढिएको छ भने पनि कुनै–कुनै यस्ता विषय हुन्छन्, त्यो विषयप्रति आफ्नो चाहना नहुन सक्छ। त्यो डिग्री लिन त्यो विषय पास हुनै पर्छ। परीक्षा नआइञ्जेल त नपढे पनि होला तर परीक्षा आएपछि झनै समस्या पर्छ। हामीले के बुझ्नुपर्छ भने सबै विषय रुचिका हुँदैनन्। तर केही यस्ता विषय हुन्छन् जुन विषयले भविष्यमा काम गर्न सजिलो पार्छ। यस्ता विषय पढ्न ढिलाई गर्न हुँदैन। मन नपर्ने विषयलाई पनि बिस्तारै छिचोल्दै जानुपर्छ। शिक्षक र साथीहरुसँग छलफल गरेर त्यो  विषयबाट पार पाउन सकिन्छ।

सुरुमा अप्ठेरो विषय पढ्ने
 हामीमध्ये धेरैको बानी के हुन्छ भने सजिलो विषय पढिरहने तर अप्ठेरो विषय फर्केर हेर्न मन नलाग्ने। यस्तो बानी छ भने तुरुन्तै हटाइहाल्नुस् किनभने अप्ठेरा विषयलाई छिचोल्न झन् धेरै समय लाग्ने हुन्छ। मानौँ तपाईंलाई गणित आउँदैन भने आफ्नो पढ्ने तालिकामा सुरुमा गणित नै पढ्नुस्। अरु विषयलाई एक घण्टाका दरले पढ्नुहुन्छ भने यो विषयलाई दुई घण्टा दिनुस्। आफू कन्फ्युजनमा पर्ने कुरालाई टिपोट गर्ने र सोध्ने गर्नुपर्छ जसले गर्दा विषयप्रतिको रुचि बढ्नुको साथै अप्ठेरो लाग्न पनि छोड्छ।

नोटहरुको समीक्षा
असाइनमेन्ट गर्दा पहिले आफूले बनाएका नोटहरुको सहयोग चाहिन सक्छ। नोटमा उल्लेख भएको कुराहरु असाइन्मेन्टमा लेख्नुपर्ने हुन्छ। अझ कतिपयले त नोटकै भरले असाइन्मेन्ट पूरा गरेका हुन्छन्। असाइन्मेन्ट गर्नुअघि आफूले नोटमा के–के लेखिएको छ  भनेर समीक्षा गर्नु आवश्यक छ। यसो गर्नाले महत्वपूर्ण कुरा सम्झन आवश्यक छ।

पढ्दा विचलित हुन हुँदैन
पढाइको सबैभन्दा ठूलो शत्रु भनेको अस्थिरता र अल्छीपना हो। पढाइमा सफल हुन चाहनेले यी दुई कुरा छाड्न अति जरुरी छ। पढ्दा घरि टिभीमा हेर्ने, घरि परिवार अथवा साथीसँग गफ गर्ने वा मोबाइल चलाउने प्रवृत्ति देखिन्छ। यस्तो ढुलमुले प्रवृत्तिले हामीलाई पढाइमा कहीँ पु-याउँदैन। फोकस हुन यी कुराबाट टाढा रहेकै राम्रो हुन्छ।

समूहमा पढ्नुस्
एक चरण आफूले पढिसकेपछि समूहमा पढ्नु आवश्यक छ। नबुझेका कुराहरु टिपोट गरी सानो साथीको सर्कल बनाएर पढ्दा प्रस्टसँग बुझिन्छ। समूहमा पढ्दा प्रभावकारी हुन सक्छ।

दोहो-याउने
एक पटक पढ्दा सम्झिइयो भन्दैमा सधैँ सम्झिइन्छ भन्ने हुँदैन। पहिल्यै पढेका विषयलाई पनि निरन्तर त्यही विषयलाई थोरै समय भए पनि दिनु उपयुक्त हुन्छ।
एजेन्सीहरुको सहयोगमा

Leave A Comment