‘भाडा दिने गरेकै छैन, चुप लागेर जा भनेर हप्काए’

मङ्गलबार, ३१ भदौ २०७६, ११ : २४ शुक्रवार
‘भाडा दिने गरेकै छैन, चुप लागेर जा भनेर हप्काए’

सुवास घिमिरे, नाइट ट्याक्सी चालक, बा२ज ३२०९


कहिलेबाट ट्याक्सी चलाउन थाल्नुभयो ?
नेपालमा २,३ वर्ष जति भयो। तर विदेशमा लामै समय ट्याक्सी चलाएँ। कतारमा करुवा भन्ने ट्याक्सी चलाएको थिएँ।

दिनमा कति घण्टा चलाइन्छ ?
ठेगानै हुँदैन। १७, १८ घण्टा जति नै चलाउँछु होला। यति नगरिकन त खानै पुग्दैन। ट्रिप पनि भनेको बेला पाइँदैन। बिहान ७, ८  बजेतिर गाडी निकाल्छु। राति १२ ,१ बजेतिर लगेर थन्क्याउँछु।

नेपाल र कतारमा ट्याक्सी चलाउँदा के–के फरक रहेछ ?
आकाश पातालको फरक छ। नेपालमा ट्याक्सीलाई हेप्ने, ओए भनेर बोलाउने, सरकारले नै लुटेरा भन्छ। नेपालमा पार्किङको समस्या छ। ट्याक्सी चालकलाई राति सुरक्षा नै छैन। कतारमा भने ट्याक्सी चालकलाई सम्मान छ, इज्जत छ। मिटरमा उठेको पैसा पाइन्छ। यहाँ त मिटरमा उठेको पैसा माग्दा उल्टै थर्काएर हिँड्ने पनि छन्। विदेशमा त्यस्तो छैन। थर्काएर हिँड्नेलाई प्रहरीले समाएर थुनिहाल्छ। यहाँ त कसले कसलाई थुन्ने। नेपालमा भन्दा पैसा पनि राम्रै कमाइ हुन्छ। नेपालमा त महिनामा भात खान लाउन नै धौँ धौ छ।

यात्रुले थर्काएर पैसा नदिई हिँडेको कुरा गर्नुभयो ? पैसा नदिई हिँडेका छन् त ?
थुप्रै छन्। काठमाडौंमा यस्ता घटना प्रायः भइरहन्छन्। मलाई पनि धेरै पटक परेको छ। पाँच, छ  महिना जति भयो। तीन कुनेको गैह्रीगाउँबाट साँझमा एकजना लेडिज र दुईजना जेन्स मेरो ट्याक्सीमा चढ्नुभयो। कहाँ जाने भनेर सोधें  भक्तपुरको चुनदेवी जाने भन्नुभयो।

मैले हुन्छ भनी मिटर दबाए। लिएर गएँ। त्यहाँ पुगेपछि फटाफट ओर्लिएँ। भाडा दिनुँ न भनेको हामीले भाडा दिने गरेकै छैन। चुप लागेर जा भनेर हप्काएर पठाइदिए। झगडा गर्न सक्ने क्षमता पनि भएन। मिटरमा त्यस्तै सात सय चानचुन उठेको थियो। 

यात्रुको व्यवहार कस्तो कस्तो पाउनुभयो ?
धेरै जसोको राम्रो नै हुन्छ। अलिकति मै हुँ भन्नेको भने निकै हेपाहा प्रवृत्तिको हुन्छ। कतिपय घटनामा मेरो लफडा नै परेको छ। मैले चढेका यात्रु पनि ओरालिदिएको छुँ। तीन महिना अगाडिको घटना हो।  साँझ छ, सात बजेको  थियो।  म नयाँ बसपार्कबाट चाबहिलतर्फ आइरहेको थिएँ बाटोमा दुईजनाले हात दिए। मैले ट्याक्सी रोकेँ। मैले केही भनिन्। एउटाले मिटर दबार बसपार्क लिएर हिँड भन्यो। मलाई त झननन रिस उठ्यो।  मैले न कसैको लगानीले ट्याक्सी किनेको न कसैकोमा हली बसेको। ओए मिटर दबाएर ट्याक्सी फर्का पो भनेर थर्काउँछ। तपाईं पहिला बोल्न सिक्नुस् अनि मात्र जान्छु। म मिटरमा नहिँड्ने होइन। कति नै उसको घरको ऋण खाएजस्तो व्यवहार ग-यो। मैले त्यसलाई त्यहीँ झारेर म हिँडे। यात्रुले कहिले मोबाइल छोड्छन् कहिले के म पु-याइदिने गरेको छु।

के–के सामान फेला पार्नुभयो ?
प्रायः जसो यात्रुले केही न केही छोडेर नै हिँडेका हुन्छन्। एक साता अगाडि मैले एयरपोर्टबाट तीन विदेशीलाई ठमेलको सञ्चयकोषमा पु-याइदिएको थिएँ। उनीहरुले आइफोन छोडेका थिए मैले पु-याइदिएँ उहाँले गाडी भाडा भनेर पाँच सय दिनुभयो। मलाई कसैको सामानको लोभ लाग्दैन। राम्रो काम गर्न छोडिन्न।

Leave A Comment