सुुशान्तको ईख

मङ्गलबार, ३१ भदौ २०७६, ०२ : २६ शुक्रवार
सुुशान्तको ईख

भारतीय टेलिफिल्म हुँदै ठूलो पर्दामा पुगेका सुशान्त सिंह राजपुत बेरोजारै त छैनन् तैपनि उनका फिल्मले हलमा धमाल मच्चाउन पनि सकेका छैनन्। ‘केदारनाथ’ राम्रै चल्यो। तापनि नयाँ आएका नायकहरुको तुलनामा उनको बजार भाउ अकासिएको छैन। यसमा उनको अभिनय त कारण छ नै, उनको अफेयर्सले पनि नकारात्मक प्रभाव पार्ने गरेको रहेछ।

उनी ईखालु नायकका रुपमा चिनिने रहेछन् बलिउडमा। टेलिभिजनमा छँदै लिभिङ टुगेदरमा रहेकाहरु उनको फिल्मी यात्रासँगै टेलिभिजनमा जोडिएको प्रेम टुट्यो। पछि उनको नाम सारा अली खानसँग जोडिए पनि यो लामो जान सकेन। अहिले रेहा चक्रवर्तीसँग उनको नाम जोडिइरहेको छ। प्रेम जुड्नु र छुट्नु सामान्य नै हो तर सुशान्त यो मामिलामा अलि इगोइस्टिक रहेछन्।

आफूलाई साइड लगाएर सारा अर्कैसँग लागेको रिसमा उनले सारासँग विज्ञापनसमेत खेल्न अस्वीकार गरेछन्। यत्ति धेरै ईखालु पनि किन हुनु, जसले करिअरै संकटमा परोस् ! हैन त ?

Leave A Comment