हैरान आलिया

मङ्गलबार, ३१ भदौ २०७६, ०२ : ३८ शुक्रवार
हैरान आलिया

धेरै भयो बलिउड नायिका आलिया भट्ट र नायक रणवीर कपुरबीच विवाह हुने हल्ला चलेको। हल्ला धेरै नै फैलिएपछि आलियाले आफूहरु बीचको प्रेम सम्बन्धलाई स्वीकार त गरिन् तर तत्काल विवाहको योजना नभएको बताइन्।

यतिबेला सोसल मिडियामा आलिया–रणवीरको विवाह भएको तस्बिर भाइरल भएको छ। तस्विरमा दुवै निकै खुसी छन्। यो तस्बिरसँगै उनीहरुका परिवारको तस्बिर पनि आएकाले धेरैले यी दुवैले लुकिछिपी विवाह गरेको भनी विश्वास गरे। तर कहानी भने अर्कै रहेछ। प्रायः यी दुवैको परिवारबीच भेटघाट भइरहन्छ।

त्यही परिवारिक जमघटको तस्बिरको सहारामा अर्कै जोडीको विवाहको तस्बिरमा आलिया र रणवीरलाई जोडेर हल्ला फैलाइएको थियो।

Leave A Comment