गाली खाइन् जायराले

बुधबार, ०१ असोज २०७६, १२ : २७ शुक्रवार
गाली खाइन् जायराले

‘दंगल’ गर्ल जायरा वसिमले सामाजिक सञ्जालमा लामो सन्देश राख्दै बलिउडबाट बिदा लिएको बताउँदा उनका फ्यानहरु मात्र दुःखी भएनन्, बलिउडका हस्तीहरुले समेत दुःख व्यक्त गरेका थिए।

फिल्म ‘दंगल’ र ‘सिक्रेट सुपरस्टार’मा उनको अभिनयले बलिउडका स्टारहरुसमेत फ्यान भएका थिए। त्यसमा पनि कट्टर मुस्मिल बहुल कश्मिरबाट बलिउडमा प्रतिनिधित्व गरिरहेकी थिइन् उनी। त्यसैले पनि उनी धेरैको प्रिय भएकी थिइन्। तर बढ्दो धार्मिक दबाबका कारण उनी बलिउडमा लामो समय सक्रिय हुन सकिनन्। र, संन्यासकै घोषणा गरिन्।

तर, हालै प्रियंका चोपडाले सार्वजनिक गरेको एक तस्बिरपछि भने उनका फ्यानहरुले जायराले झूटो बोलेको भन्दै उनीसँग रिसाएका छन्। फिल्म ‘द स्काई इज पिङ्क’को प्रमोसनको तस्बिरमा जायरासमेत छिन्। सो तस्बिर सार्वजनिक भएसँगै संन्यासको नाटक गरेको भन्दै उनको आलोचना भइरहेको छ।

Leave A Comment