लाइसाको खुसी

बुधबार, ०१ असोज २०७६, १२ : ४१ शुक्रवार
लाइसाको खुसी

भिक्टोरियन सिक्रेट मोडल लाइस रिबेरो र एनबिएका स्टार खेलाडी योयकिम नोवाबीच अफेयर्स चलेको लामै समय भयो। दुवैबीच चलेको अफेयर्स र दुवैले एकसाथ बिताएका रोमान्टिक पलका तस्बिरहरु खुब सार्वजनिक भइरहे।

अहिले यी दुवैको सेक्सी फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भाइरलको कारण तस्बिरभन्दा पनि तस्बिर सहितको सन्देशको हो।

टेन्टको बीचमा अंकमाल गरिरहेको सो तस्बिरमा रिबेरोको शरीरको माथिल्लो भागमा कुनै कपडा छैन। दुवै एकअर्कालाई चुम्बन गरिरहेका छन्। उनले इन्स्टाग्राममा राखेको सन्देशअनुसार त्यो बेला एक्कासि उनका प्रेमी नेवाले विवाहको प्रस्ताव गरेका थिए र उनले तत्काल स्वीकार पनि गरिहालिन्।

Leave A Comment