डेमीको साहस

बुधबार, ०१ असोज २०७६, १२ : ४९ शुक्रवार
डेमीको साहस

अमेरिकी गायिका डेमी लोभाटो प्रस्ट वक्ताको रुपमा पनि परिचित छन्। अन्य सेलिब्रिटीजस्तो नक्कली जीवन बिताउन रुचाउँदिनन् उनी। आफू जस्तो हो, त्यस्तै देखाउन रुचाउँछिन् उनी। हालै सार्वजनिक भएको उनको तस्बिरले पनि त्यही देखाउँछ। उनले हालै सम्पादन नगरिएको आफ्नो बिकिनी तस्बिर सार्वजनिक गरिन्, जसमा उनी पहिला जति सुन्दर देखिन्थिन्, त्यो सुन्दरता देखिएको छैन।

उनी केही समययता बढ्दो तौलका कारण तनावमा थिइन्। उनी कुलतमा पनि फँसिन् र उनलाई जति खाए पनि नअघाउने रोग लाग्यो। यसले उनको तौल बढ्ने नै भयो। तर तौल बढ्दा फेरिएको शारीरिक बनावट लुकाएर क्युट देखिने तस्बिर मात्र सार्वजनिक गर्न चाहिनन्।

‘म मेरा फ्यान र परिवारलाई भ्रममा राख्न चाहन्नँ,’ भन्दै उनले आफ्नो बढेको तौलको प्रभाव देखिने तस्बिर इन्स्टाग्राममा सार्वजनिक गरिन्। हिम्मत होस् त यिनको जस्तो ! हैन त ?

Leave A Comment