केलीको क्यालेन्डर लुक्स

बुधबार, ०१ असोज २०७६, ०१ : ०७ शुक्रवार
केलीको क्यालेन्डर लुक्स

२०२० क्यालेन्डरका लागि खिचिएको तस्बिरमा केली ब्रुक निकै सेक्सी देखिएकी छन्। ३९ वर्षीया क्यालेन्डर गर्लले तस्बिरमा आफ्नो फेमस कर्भको खुला प्रदर्शन गरेकी छन्।

समुद्र किनाराको बालुवामा विभिन्न भावभङ्गिमाका साथ खिचिएको तस्बिर उनका फ्यानको हर्टबिट बढाउन सफल हुने देखिन्छ। उनी क्यालेन्डरमा जसरी खुल्छिन् नि, व्यक्तिगत जीवन पनि ठीक उल्टो छ। उनले हालै आफ्ना सहकर्मीलाई गाली गरेकी थिइन्। कारण, उनले क्यालेन्डर फोटो हेरेर सेक्स सिम्बोल भनिदिएका थिए।

उनको प्रतिक्रिया थियो, ‘मेरो प्रोफेसनल काम र व्यक्ति फरक हुन्, मेरो फोटो हेरेर मलाई सेक्स सिम्बोल भन्नु गैर व्यावसायिक आचरण हो।’

Leave A Comment