नेपाल फेरि उपविजेता

शुक्रबार, ०३ असोज २०७६, ०१ : ४२ शुक्रवार
नेपाल फेरि उपविजेता

नादेझ्दा कप महिला फुटबल प्रतियोगितामा नेपाल फेरि उपविजेता बन्यो। किर्गिस्तानमा गत बिहीबार भएको फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग ३–२ गोलले पराजित भयो। अन्तिम समयतिर खेलमा फर्किएको नेपालले दुई गोल गरे पनि हार टार्न सकेन। दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन्।

नेपाली टोली लामो समयदेखि सागका लागि अभ्यास गरिरहेको छ। नेपाल सागको उपविजेता टोली हो। भारतको सिलोङमा तीन वर्ष अघि भएको सागको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो।

नेपाली टोली उपविजेतामै सीमित भए पनि सावित्राले भने रेकर्ड बनाएकी छिन्। सावित्राले दुई गोल गरेसँगै राष्ट्रिय टोलीका लागि ३५ गोलको कीर्तिमानमा बराबरी गरिन्। सावित्राले यसअघि अनुलामाको नाममा रहेको ३५ गोलको कीर्तिमान भेट्टाएकी हुन्। नादेझ्दा कपमा सात गोल गरेकी सावित्राले सर्वा्धिक गोलकर्ताको पुरस्कार जितेकी थिइन्।

Leave A Comment