ठिटोको ८१ वर्षे दाह्री !

शनिबार, ०४ असोज २०७६, १० : ३१ शुक्रवार
ठिटोको ८१ वर्षे दाह्री !

कलिलो मान्छे प्लेनमा यात्रा गर्नका लागि ८१ वर्षे वृद्ध भएर निस्क्यो भने के हुन्छ ?
म भन्छु नि, के हुन्छ !
दिल्ली विमानस्थलमा सेतो दाह्री फुलेको, सेतै जुँगा भएको, टक्क टाउकोमा फेटा गुथेको, चस्मा पनि वृद्धले नै लगाउने मोटो न मोटो अनि ह्विलचेयरमा आइरहेको वृद्धसँग विमानस्थल कर्मचारीले पासपोर्ट मागिन्।

उनले ती व्यक्तिलाई अघि बढ्न दिइयो। अब पालो थियो, प्लेन चढ्नुअघि सुरक्षाकर्मीको सुरक्षा घेरा तोड्नु। यी व्यक्ति न्युयोर्कका लागि प्लेन चढ्ने तर्खरमा थिए।

उनको पहिरन, उनको दाह्रीजुँगा त वृद्धको थियो तर जुन कालो चप्पलमा उनी न्युयोर्कका लागि हिँडिरहेका थिए, त्यसतर्फ सुरक्षाकर्मीको ध्यान केन्द्रित भयो। उनले लगाएको चप्पल त सामान्य नै थियो तर उनको गोडा भने असामान्य थियो।
उनको गोडा एउटा ८० वर्षे वृद्धको जस्तो पटक्कै थिएन।

सुरक्षाकर्मी श्रीकान्त किशोरले सिएनएनलाई भने, ‘यी व्यक्ति यस्तो गरिरहेका थिए कि उनी हिँड्डुल गर्नै सक्तैनन्। तर उनको गोडा भने चिल्लोचाप्लो, भर्खरकै उमेरको जस्तो देखिन्थ्यो।’
त्यसपछि सुरक्षाकर्मीले ती वृद्धलाई भने, ‘एकचोटि ह्विलचेयरबाट उठिदिनुस् प्लिज !’

उनी आफू उठ्न नसक्नै भन्दै वृद्धावस्थाका कारण लागेको रोगले आफूलाई थला पारेको बताए। त्यसपछि प्रहरीको आँखा छल्न उनले भरमग्दुर प्रयास गरिरहेको पनि देखियो।
यी वृद्धको पासपोर्टमा अमरिक सिंह, १९३८ को जन्म देखाइरहेको थियो। सुरक्षाकर्मीले उनको लुगा हल्का माथि सार्न भने तर छाला भने ८१ वर्षेको जस्तो पटक्कै थिएन।

पछि केरकारबाट थाहा भयो, ती व्यक्ति ३२ वर्षीय जयेश पटेल रहेछन्। गुजरात निवासी उनलाई तत्काल प्रहरीकहाँ जिम्मा लगाइएको थियो।
के कारणले उनले वृद्धको भेष लगाउनु प-यो भन्ने विषयमा भने समाचारमा खुलाइएको छैन।

Leave A Comment