मान्छेजस्तो बाच्छो

शनिबार, ०४ असोज २०७६, १० : ५० शुक्रवार
मान्छेजस्तो बाच्छो

अर्जेन्टिनामा मान्छेको अनुहार भएको बाच्छो जन्मिएपछि त्यसको भिडियो खिच्ने र इन्टरनेटमा हाल्नेको घुइँचो लागेको छ। कतिपय भिडियो त यतिबेला भाइरल नै बनेका छन्।
भिला एना गाउँमा जन्मिएको यो बाच्छोको भिडियो यतिबेला युट्युबमा निकै चल्तीमा छ।

मान्छेजस्तै देखिने यो बाच्छोको नाक निकै सानो छ भने मुख पनि मान्छेकै जत्रो छ। टाउको भने निकै ठूलो रहेकाले यसले उठाउनसमेत सक्दैन।

बाच्छो जन्मिएको केही घण्टामा मरेको गाउँलेहरुले जनाएका छन्। जेनेटिक विशेषज्ञ निकोलस म्याग्नागोले भने, ‘यस्तो गडबडी कहिलेकाहीँ हुन्छ र जब यस्तो हुन्छ, त्यस्ता जनावर बाँच्ने सम्भावना निकै कम हुन्छ।’

कहिलेकाहीँ यस्तो गडबडी रासायनिक, जैविक या शारीरिक पनि हुने गर्छ। जसका कारण जेनेटिक सिक्वेन्स गडबडाउने गर्छ।

जेनेटिक सिक्वेन्स गडबडाउँदा दुई टाउके, चार आँखे, दुई मुखेजस्ता बाच्छाहरु जन्मनु स्वाभाविक रहेको म्याग्नागोल बताउँछन्। केही समयअघि भारतको हिमाचल प्रदेशमा पनि त्यस्तै बाच्छो जन्मिएको थियो।
यस्ता जनावर जन्मँदा भगवान् नै जन्मिएका हुन् भनी पूजा गर्नेको लर्को नै लाग्ने गर्छ।

Leave A Comment