प्रीतिको बोल्ड अवतार

सोमबार, ०६ असोज २०७६, ०२ : ५० शुक्रवार
प्रीतिको बोल्ड अवतार

रिल लाइफ र रियल लाइफ भिन्न भिन्न पाटो हुन्। रिल लाइफमा सोझो देखिनेहरु रियलमा बोल्ड पनि हुन सक्छन्, रिल लाइफमा बोल्ड देखिनेहरु रियल लाइफमा सिम्पल। तर अधिकांश दर्शकलाई लाग्छ रिलमा जस्तो देखियो कलाकार उस्तै हुन्छन्। बलिउड फिल्म ‘कविर सिंह’मा सोझी पात्र प्रीतिको भूमिका निभाएकी कियारा आडवाणीलाई नै हेरौं न। उनी फिल्ममा जति सोझी छिन् रियल लाइफमा उल्टो। उनी निक्कै बोल्ड छिन् रियल लाइफमा। सार्वजनिक कार्यक्रममा होस् या पारिवारिक जमघट उनका जे जति तस्बिर बाहिरिएका छन् सबैमा उनको लुक्समा सोझोपन भन्दा बोल्डपन नै हावी हुने गरेको छ।

हालै उनी मुम्बईको अन्धेरी इलाकामा ह्वाइट सेटमा देखिएकी थिइन्। ह्वाइट टाँप, हाफ ह्वाइट सटन लोहर पहिरिएकी उनको लुक्स निक्कै बोल्ड देखिएको थियो। उनको साथमा रहेको ब्ल्याक एण्ड ह्वाइट ह्यान्ड ब्याग र थोैरै मेकअप खुव सुहाएको थियो। अब फिल्म हेरेर उनीबारे धारणा बनाउनेले यी तस्बिर हेर्दा जिब्रो त टोक्ने नै भए।
 

Leave A Comment