अग्लो र होचोको जम्काभेट

सोमबार, २४ साउन २०७३, ०९ : ५२ शुक्रवार , Kathmandu
अग्लो र होचोको जम्काभेट


संसारकै अग्लो र होचो कुकुरको जम्काभेट भएको छ । बेलायतमा उनीहरूबीच भेट भएको हो । चार फिट एक इन्च अग्लो ग्रेट डेन मेजरलाई गिनिज बुक अफ वल्र्ड रेकड्र्सले संसारकै अग्लो कुकुरको संज्ञा दिइसकेको छ । त्यस्तै डिन्से नाम गरेको कुकुरलाई संसारकै होचो कुकुरको उपाधि दिइएको छ । गत साता बेलायतमा यी दुई कुकुरलाई एकैठाउँमा ल्याएर भेट गराउने काम भयो । अग्लो र होचो कुकुर एकैठाउँ भेला भएपछि वरिपरिका क्यामेरा उनीहरूतर्फ तेर्सिन पुगेका थिए । भेटका क्रममा दुवै एकअर्कासँग खेलेका थिए । होचो कुकुर अग्लोसँग केही डराएजस्तो देखिएको थियो । तर, अग्लो कुकुरले होचोप्रति स्नेह देखाएको र नझम्टिएको समाचारमा जनाइएको छ ।

 

Leave A Comment