छोराका एक्ससँग बाबुको रोमान्स

बुधबार, ०८ असोज २०७६, १२ : ४२ शुक्रवार
छोराका एक्ससँग बाबुको रोमान्स

अमेरिकी -यापर डेडी उनकी प्रेमिका लोरी हार्वीसँग स्ट्रिप क्लबमा फेला परे। स्ट्रिप क्लबमा यी दुई जना मात्र थिएनन्। डेडीका छोरा जस्टिन कम्बस् पनि थिए। डेडी ४९ वर्षका भए। अहिले उनकी प्रेमिकाको उमेर मात्र २२ वर्ष हो।

केही समय अगाडि डेडीका छोरा जस्टिन र लेरीको प्रेम सम्बन्ध चर्चामा रहेको थियो। पछि यी दुवैको ब्रेकअप भएको खबर आयो। जब एट्लान्टाको म्याजिक सिटी स्ट्रिप क्लबमा बाबुकी वर्तमान प्रेमिका अनि छोराकी पूर्व प्रेमिका सँगसँगै देखिए, चर्चा त हुने नै भयो। एक महिना अगाडि उनी मेक्सिको गेट वेमा डेडीसँग देखिएकी थिइन्।

पापाराजीहरुले खिचेको तस्बिरमा डेडी उनको पेट सुम्सुम्याइरहेका थिए। यो तस्बिर बाहिरिएसँगै यी दुवै प्रेममा रहेको चर्चा शुरु भएको थियो। तर छोराकी पूर्व प्रेमिकासँग बाबुले अहिले रोमान्स गरिरहेको उनका फ्यानले त्यत्ति रुचाइरहेका भने छैनन्।

Leave A Comment