मध्यरात ट्याम्पुमा किम

बुधबार, ०८ असोज २०७६, ०१ : १७ शुक्रवार
मध्यरात ट्याम्पुमा किम

‘मोहब्बतेँ’मार्फत आफ्नो जादु देखाएकी बलिउड अभिनेत्री किम शर्मा फिल्मी दुनियाबाट टाढा भएको धेरै भयो। तर उनी चर्चामा भने आइरहन्छिन्। अहिले उनी पुनः सामाजिक सञ्जालमा चर्चामा छिन्। चर्चाको कारण हो, मध्यरातमा ट्याम्पुमा फेला पर्नु।

मुम्बईको खार इलाकामा उनी टेम्पोमा फेला परेकी हुन्। उनीसँग आफ्नै लक्जरी गाडी नभएको हैन। पसर्नल गाडी छाडेर ट्याम्पोमा अभिनेत्रीलाई देख्दा चर्चा त हुने नै भयो। उनी ह्वाइट टप र पिङ्क सर्ट्समा थिइन्, ट्याम्पोमा।

केही समयअगाडि उनी हर्षबद्र्धन राणेसँगको सम्बन्धका कारण चर्चामा आएकी थिइन्। दुवैले आफूहरुबीचको सम्बन्ध स्वीकार पनि गरेका थिए। तर दुवैको सम्बन्ध त्यति लामो भने चल्न सकेन। अहिले यी दुईबीच ब्रेकअपको चर्चा छ।

Leave A Comment