एकै खेलमा १६ विकेट

शनिबार, ११ असोज २०७६, ०१ : ०६ शुक्रवार
एकै खेलमा १६ विकेट

दक्षिण अफ्रिकाका पूर्व फास्ट बलर काइल एबोटले एकै खेलमा १७ विकेट लिए। इंग्ल्यान्डमा हेम्पशायरबाट काउन्टी क्रिकेट प्रतियोगितामा उनले समरसेटविरुद्ध ८६ रन खर्चिएर १७ विकेट लिए। लिस्ट ’ए’ क्रिकेटमा ६३ वर्ष पछिकै यो उत्कृष्ट बलिङ फिगर हो।

योभन्दा अगाडि इंग्ल्याण्डका अफ स्पिनर जिम लेकरले सन् १९५६ मा अस्ट्रेलियाविरुद्धको टेष्ट क्रिकेटमा ९० रन खर्चेर १९ विकेट लिएका थिए।

साउथह्याम्पटनको ’द रोज बाउल’ मा हेम्पशायर आफ्नो पहिलो इनिङ्समा १९६ रनमा समेटिएको थियो। एबोटले उत्कृष्ट बलिङमा समरसेटका खेलाडीले मात्र १४२ रन बनाउन सके। एबोटले मुरली विजय सहित एक्लैले ९ खेलाडीलाई पेभिलियन फर्काएका थिए। एबोटले १८ ओभर ४ बलमा ९ ओभर मेडेन राख्दै ४० रन खर्चेर ९ विकेट लिए। एबोटको उत्कृष्ट बलिङमा हेम्पशायरले ५४ रनको अग्रता लिएको थियो।

हेम्पशायरको दोस्रो इनिङ्समा एबोटले ब्याटिङमा समेत योगदान गरे। कप्तान जेम्स भिन्ससँग मिलेर उनले ९ औं विकेटका लागि ११९ रनको साझेदारी गरेका थिए। उनले २५ रन बनाएका थिए।

२८१ रनको लक्ष्य लिएर मैदान आएको समरसेट १४४ रनमा रोकियो र हेम्पशायरले खेल १३६ रनले जित्यो। यस इनिङ्समा एबोटले ८ विकेट लिएका थिए। पूरै खेल अवधिभर एबोटको कीर्तिमानी १७ विकेट रह्यो।

Leave A Comment