पाइखानामा नो मोबाइल !

शनिबार, ११ असोज २०७६, ०१ : १५ शुक्रवार
पाइखानामा नो मोबाइल !

हामी मोबाइलको यति लती भइसकेका छौँ कि यसलाई बोकेर पाइखानामा समेत लगिरहेका हुन्छौँ। केही विज्ञहरु भने यस्तो कार्यले सर्वसाधारणलाई ठूलो घाटा पु-याइरहेको बताइरहेका छन्।

चाहे कसैले स्वीकार गरोस् या नगरोस्, अहिलेको जमानामा पाइखाना जाँदा मोबाइलमा आँखा नलगाउने शायदै कोही होला। समय काट्न सजिलो होस् भनेर मोबाइलको प्रयोग निकै बढेको छ।

तर यस्तो कार्यले हाम्रो स्वास्थ्यमा नराम्रो असर पारिरहेको यससम्बन्धी अध्येता चिकित्सकहरुको छ। पाइखाना बस्दा हामीले मोबाइल चलाउने कार्यले हामीलाई पाइल्सजस्ता रोगको सम्भावना बढेर जाने विज्ञहरु बताउँछन्।

मोबाइल लिएर पाइखाना जाँदा अन्य बेलाभन्दा बढी नै समय त्यहाँ बिताइने हुनाले यस्तो समस्या बढ्न सक्ने जोखिम रहेको चिकित्सकहरुको दाबी छ।
५७ प्रतिशत बेलायतीहरुले पाइखाना जाँदा सधैँभरि मोबाइल वा ट्याब्लेट बोक्ने बताएका छन्।
– दिसा बसिसकेपछि पनि रातो तिख्खर रगत आयो भने
– तपाईंको गुदा चिलाउन थाल्यो भने
– अझै दिसा निख्रिएन भन्ने लाग्यो भने वा फेरि दिसा बस्ने आवश्यकता महसुस भयो भने
– गुदामा केही दुखेको महसुस भयो भने,
यस्ता समस्या देखिएको खण्डमा सात दिनसम्म पनि समाधान भएन भने चिकित्सकलाई देखाउनुपर्ने विज्ञहरुको सुझाव छ। ‘सामान्यतः यस्तो समस्या गर्भवती, कडा लहरेखोकी भएका वा साह्रै वृद्ध/वृद्धाहरुलाई देखिन सक्छ तर यो अल्पकालीन हुन्छ,’ सारा जार्भिसले द सन पत्रिकालाई भनेकी छन्, ‘हाम्रो जीवनशैली पाइखानामा पनि परिवर्तन हुन थालेको छ। पहिला पढन्तेहरु किताब बोकेर पाइखाना पुगेपछि घण्टौँ बसिदिन्थे अब मोबाइल प्रयोगकर्ताहरु पनि थपिएका छन्।’
‘त्यसैले हामी पाइखाना जाँदा मोबाइल लिएर नजानोस् भन्ने सल्लाह दिन्छौँ,’ उनले भनिन्।

तपाईंले मोबाइललाई पाइखानाबाहिरै छाड्नु भएको छ र पनि पाइल्सले दुःख दिन छाडेको छैन भने पर्याप्त एक्सरसाइज, पर्याप्त पेय र खान्कीमा फाइबरयुक्त खानालाई जोड दिनुस् भन्ने सुझाव डा. सारा जार्भिसको छ।

Leave A Comment