सुनको पाइखाना चोर्ने प्रयास असफल

शनिबार, ११ असोज २०७६, ०२ : ११ शुक्रवार
सुनको पाइखाना चोर्ने प्रयास असफल

बेलायतको ब्लेनहेम दरबारमा राखिएको ५० लाख पाउन्ड मूल्य बराबरको सुनको पाइखाना चोर्ने दोस्रो प्रयास पनि असफल भएको छ। प्रहरीले पाइखाना त फेला पारेको छ तर पाइखानाभित्र सुनको ‘आची’ भने फेला पार्न सकेको छैन। चोरी भएको सो सुनको पाइखाना इटालेली कलाकार मौरिजियो क्याटेलनले निर्माण गरेका हुन्।

चोरीमा संलग्न भएका व्यक्तिहरुमध्ये पहिले नै एक जनालाई पक्राउ गरिसकिएको थियो भने पछिल्लो समय अर्का एक फेला परेका छन्। यो पाइखाना गएको शनिबार बिहानै चोरी भएको थेम्स भ्याली प्रहरीले जनाएका छन्।

‘पाइखाना त फेला प-यो तर पाइखानाभित्र राखिएको सुनको आची भने अझै फेला पार्न सकिएको छैन,’ एक प्रहरीले बताए।
१८ औँ शताब्दीमा निर्माण भएको अक्सफोर्ड सायर क्षेत्रको यो दरबारमा बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल पनि जन्मिएका थिए। उनी जन्मिएको कोठाको ठीकअगाडि सुनको पाइखाना थियो।

यो पाइखाना चोरी हुनेबित्तिकै सोको अभियोगमा एक ३६ वर्षीय व्यक्तिलाई पक्राउ गरिएको थियो। अहिले अर्का ६६ वर्षीय व्यक्ति पनि यस कार्यमा संलग्न भएको आशंकामा पक्राउ परेका छन्।

कतिपयले भने यही बेलामा ‘गज्जबका चोर रहेछन्’ भनी त्यहाँको सुरक्षा अवस्थाको खिल्ली उडाइरहेका छन्। ‘हामीले केही डकैतीका फिल्महरु हेरेका थियौँ, कतिपय त्यस्ता क्षमतावान मानिसहरु पनि रहेछन्,’ समाचार टिप्पणीहरु लेख्न थालिएको छ।
यो पाइखाना सर्जकले २० वर्षका लागि सो दरबारमा प्रदर्शनीका लागि राख्न स्वीकृति दिएका थिए।
 

Leave A Comment