इगोको टक्कर

मङ्गलबार, १४ असोज २०७६, १२ : ३२ शुक्रवार
इगोको टक्कर

डान्स स्टेप र मसल्स् बडीका कारण डेब्यु फिल्मबाटै ऋतिक रोशनले टन्नै फ्यान पाए। त्यसैले त उनका कमजोर फिल्मले पनि राम्रै दर्शक पाइरह्यो। पछिल्लो समय उनी केही छायाँमा पर्दै गए, उनी जस्तै सक्षम नयाँ एक्टरका कारण।

पछिल्लो समय युवापुस्तामाझ राज गरिरहेका छन्, टाइगर श्राफले। मार्सल आर्ट्सको कलासँगै लचकतायुक्त बडी ल्याङ्वेज र उम्दा डान्सले उनले छोटो समयमै टन्नै फ्यान फलोअर बनाए। यी दुवै एक्टरलाई एकै फिल्ममा भिडाउँदा फिल्मी बजारमा आउने तरङ्ग हेरेर यशराज ब्यानरले ‘वार’ फिल्म बनायो।

फिल्मको गीत र ट्रेलर सार्वजनिक भएसँगै धमाल मच्चाइरहे पनि फिल्म प्रमोसनमा भने यी दुवै एक्टरसँगै नहिँड्ने भएका छन्। दुवैको जबर्जस्त फ्यान फलोइङ भएकाले सँगै हिँड्दा फिल्मले राम्रै माइलेज पाउन सक्थ्यो तर दुवैमा को बढी पपुलर भन्ने इगो पलाएजस्तो छ। यो इगो कति समय टिक्ने हो हेर्दै जाउँ न !

Leave A Comment