डरपोक उर्वशी

मङ्गलबार, १४ असोज २०७६, १२ : ४२ शुक्रवार
डरपोक उर्वशी

बलिउड फिल्म नगरीका फिल्म निर्मातासँग पङ्गा लिनु करिअरको ओरालो यात्रा शुरु गर्नु बराबरै हो। सबै कहाँ कंगना रनावतझैँ साहसी हुन्छन् र ? नायिका उर्वशी रौतेलालाई नै हेर्नुस् त, उनी बोनी कपुरसँग कति डराएकी !
प्रसंग हो, दुव्र्यवहारको।

६ महिनाअगाडि एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो, जसमा बोनीले उनलाई कुनियतले छोएको देखिन्थ्यो। त्यो भिडियो सार्वजनिक भएसँगै बोनीको खुब आलोचना भयो। त्यो बेला उर्वशी मौन बसिन्।

अहिले ६ महिनापछि आएर उनै उर्वशीले बोनीलाई सफाई दिँदै फोटो खिच्दाको एंगल नमिल्दा त्यस्तो देखिएको हो भन्न थालेकी छन्। घटना त्यस्तै थियो भने उनले त्यही बेला भएको के हो बताउन सकिहाल्थिन्। किन ६ महिना कुर्नुपथ्र्यो र ? यतिबेला आएर उनले सफाई दिँदा सो घटनाको प्रभाव उनको करिअरमा राम्रैसँग परेछ भनेर जसले पनि बुझिहाल्छ नि !

Leave A Comment