कैफकी डुब्लिकेट

बुधबार, १५ असोज २०७६, ०२ : ०६ शुक्रवार
कैफकी डुब्लिकेट

बलिउडमा उस्तै अनुहार भएकाहरु बारम्बार आइरहन्छन्। कति फिल्ममा जम्नै पाएनन्। जो सक्कलीको चार्म देखेर उस्तै उस्तै देखिएकै भरमा जो–जो आए, पानीको फोकाझैँ हराए।

अहिले क्याटरिना कैफजस्तै अनुहार भएकी एक युवतीको चर्चा छ बलिउडमा। उनी हुन् अलिना राय। यी दुवैको तस्बिर सोसल मिडियामा यतिबेला भाइरल भइरहेको छ।

उस्तै लुगा लगाएका दुवैको तस्बिर हेरेर अलिना क्याटरिनाकी बहिनी भन्दै प्रचार भइरहेको छ। अलिनाले आफ्नो अनुहार क्याटरिनासँग नमिल्ने बताइसकिन् तर मान्ने कसले ? हुन पनि यसो हेर्दा दुवै एकैझैँ देखिन्छन् ल !
 

Leave A Comment