माइलीको ब्रेकअप

बिहिबार, १६ असोज २०७६, १२ : २३ शुक्रवार
माइलीको ब्रेकअप

माइली साइरस र क्याथलिन कार्टर बीचको ब्रेकअप खबरले हलिउड गर्माएको छ अहिले। ३१ र २६ वर्षे यी दुवै युवती प्रेममा रहेको खुलेको थियो। जब यी दुवै एकअर्काको अधर चुम्बन गरिरहेको अवस्थामा फेला परेका थिए।

यी दुवै पहिल्यैदेखि खुब मिल्ने साथीहरु हुन्। त्यसैले त यी दुवैले आफ्नो पार्टनर नै छाडेका थिए। दुवैको मेल पार्टनरसँग ब्रेकअप भएको केही समयमै छुट्टीमा रहेका उनीहरु अधरपान गरिरहेको तस्बिर बाहिरिएको थियो। त्यो बेला यी दुवै मौन नै बसेका थिए।

अहिले भने माइलीले नै ब्रेकअपको खबर सार्वजनिक गरेकी हुन्। दुवैबीच ब्रेकअप नै भए पनि मिल्ने साथीको रुपमा भने सधैँ साथमा रहने बताएका छन्।

Leave A Comment