आमा बनिन् एमी

बुधबार, २२ असोज २०७६, ०४ : १५ शुक्रवार
आमा बनिन् एमी

बलिउड एक्ट्रेस एमी ज्याक्सन आमा बनेकी छन्। उनले छोरा जन्माएकी हुन्। आफ्ना प्रशंसकहरुलाई आफू आमा बनेको सन्देश दिन उनले बच्चालाई स्तनपान गराइरहेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिन्। उनको तस्बिर आएलगत्तै हजारौँले उनलाई शुभकामना दिए। उनले सन्तानको नाम पनि जुराइसकिन्, एड्रियाज।

एमी र व्यापारी जज पानायिलिटीबीच इन्गेजमेन्ट भएको थियो। विवाह भने भएको छैन। उनले अक्षय कुमार र रजनीकान्त अभिनित ‘टु पोइन्ट ओ’मा अभिनय गरेकी थिइन्। उनी त्यसअघि ‘एक दिवाना था’ फिल्ममा देखिएकी थिइन्।

Leave A Comment