फिक्का नेहा

बुधबार, २२ असोज २०७६, ०४ : ३४ शुक्रवार
फिक्का नेहा

मुम्बईमा भएको जिक्यु मेन आफ दि इयर कार्यक्रममा आइन्, नायिका नेहा शर्मा। उनीसँगै अर्की बोल्ड एन्ड ब्युटिफुल लेडी पनि थिइन्। जो त्यत्ति परिचित थिइनन्। सबको ध्यान नेहाबाट हटेर त्यतातिर लाग्यो। आफूसँगै उभिएकीलाई सबैले आँखा लगाउन थालेपछि उनले परिचय गराइन्, ‘मेरी बहिनी आयशा।’

अवार्ड कार्यक्रममा नेहा ग्रिन कलरको डिप नेक र अगाडि कट भएको ड्रेसमा थिइन्। न्युड मेकअप र सफ्ट कर्ली कपाल सुहाएको थियो उनलाई। उनको बहिनी ह्वाइट कलरको ट्रान्सपेरेन्ट र अफ सोल्जर गाउनमा आएकी थिइन्।

तस्बिरमा आयशाको क्लिभेज प्रस्ट देखिएको थियो। उनको बहिनी बलिउडमा डेब्युको प्रतीक्षामा छिन्। उनले हालै इकबारी बोलको म्युजिक भिडियो गरिन्, जसमा आयुष्मान खुरानासमेत थिए।

Leave A Comment